काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले रेशम चौधरीलाई रिहा गर्दा थारु नागरिकहरूको समस्या हल नभएको बताउनु भएको छ ।
कैलालीको धनगढीमा आयोजना गरिएको समाजवादी मोर्चाको सन्देश सभामा बोल्दै उहाँले रेशमलाई रिहा गरेर जनताका समस्या हल नहुने बताउनुभयो ।
'जेलबाट रेशम चौधरीलाई रिहा ग-यौँ, तर, थारुहरूको समस्या हल भएको छैन । सुकुम्वासीहरूका समस्या हल भएको छैन । किसानका समस्या हल भएका छैनन्' उहाँले भन्नुभयो, ‘गरिबी र बेरोजगारी बढ्दो अवस्थामा । व्यवस्था बदलियो तर, अवस्था बदलिएको छैन । अब हामीले जनताको अवस्था बदल्नुपर्छ । ’
उहाँले विभिन्न कारण अहिले सम्मको सबै भन्दा ठुलो उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा रहेको बताउनु भयो । ‘नेपालमा जातीय द्वन्द्व फैलाउने सद्भाव र एकता भएको मुलुकमा धार्मिक द्वन्द्व फैलाएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पर्ने खेल भइरहेको छ । यसलाई संस्थापन गर्नु ठुलो चुनौती छ’ उहाँले भन्नुभयो, ‘हाम्रो गल्तीले लोकतन्त्र गुम्न सक्छ । अरूलाई दोष दिएर बस्न सकिँदैन । ’
सरकार सदन र सडकबाट गणतन्त्र विरोधी शक्तिलाई पाखा लगाउनु पर्ने र कानुन बनाएर संघीय गणतन्त्रलाई संस्थागत गर्नु पर्ने दायित्व रहेको यादवले बताउनु भयो ।
सोही कार्यक्रममा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुक इतिहासको सर्वाधिक जटिल मोडमा रहेको बताउनु भयो । उहाँले विश्वको भूराजनीति र बाछिटाहरूबाट नेपालमा प्रभाव परेको र देश जटिल मोडमा रहेको बताउनुभयो ।
नेपाली जनतालाई स्वतन्त्रता, समानता र स्वाधीनता चाहिएको भन्दै उहाँले दलाल र पूँजीपतिहरुले सत्ता कब्जा गरेको बताउनुभयो ।
‘जसले क्रान्ति ग¥यो, ती मान्छेहरू लज्जित भएका छन् । दलालहरू हावी भएका छन्’, उहाँले भन्नुभयो, ‘नेपालमा सैन्य अखडा बनाउने काम भइरहेको छ । भारतमा कहीं ठाउँ पूजा गर्न पनि नेपाल पाउनुपर्ने भएको छ ।’
समाजवादी मोर्चालाई अझै बलियो बनाउनुपर्नेमा उहाँको जोड थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच