–एल बि मगर
रोल्पा । रोल्पाको होलेरी स्थिति होलेरी प्राथमिक स्वास्थ्य केन्द्रमा भएको निशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा ३९८ जनाले सेवा लिएका छन् ।
शुक्रबार रोल्पाको रुन्टिगढि गाउँपालिकाले आयोजना गरेको शिविरमा हाडजोर्नी , प्रजनन तथा प्रसुती रोग , दाँत रोग र फिजिसियन सम्बन्धि विशेषज्ञ डाक्टरहरुले बिरामीहरु लाई स्वास्थ्य सेवा दिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिजीवी सेजवालले बताउनु भयो।
प्रमुख सेजवालका अनुसार शिविरमा आएका बिरामीहरुको निशुल्क रूपमा स्वास्थ्य चेकजाँच गरिनुका साथै औषधी पनि निशुल्क रूपमा उपलब्ध गराइएको थियो ।
यस्तै रुन्टिगढि गाउँपालिकाका अध्यक्ष जनक पुनले पालिका भित्रका आम नागरिकहरुलाइ गुणस्तरिय स्वास्थ्य सेवा दिनुपर्छ भन्ने उद्देश्यले निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको र भविष्यमा समेत निरन्तरता दिँदै जाने बताउनु भयो ।
अध्यक्ष जनक पुनको प्रमुख आतिथ्यता तथा प्राथमिक स्वास्थ्य केन्द्र होलेरिका व्यवस्थापन समितिका अध्यक्ष चेतलाल खत्रीको सभापतित्वमा उद्घाटन भएको कार्यक्रममा पालिकाका उपाध्यक्ष सरिता केसि, प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डागि, वडा न ७ का वडा अध्यक्ष टेकलाल पुन लगायतले मन्तव्य राख्नु भएको थियो ।
शिविरमा पालिका भित्र र बाहिरका गरि जम्मा ३ सय ९८ जना बिरामीहरुले विशिषज्ञ स्वास्थ्य सेवा लिएको बताइएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच