इन्फ्राले उपायमा छ करोड लगानी गर्ने

Read Time = 1 min

काठमाडौं । लजिष्टिक कम्पनी उपाय र नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फण्ड (इन्फ्रा)बीच छ करोड लगानीको सम्झौता भएको छ । विगत तीन वर्षदेखि ढुवानीको सेवा प्रदान गर्दै आएको उपाय र नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फण्डबीच मंगलबार उक्त सम्झौता भएको हो ।

ग्लोबल इक्विटी फण्ड, प्राइम लाइफ इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्सद्वारा संयुक्तरूपमा प्रवद्र्धित नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फण्ड एक प्राइभेट इक्विटी फण्ड हो । उपायले २०२१ मा डोल्मा इम्प्याक्ट फण्डबाट १८ करोडको लगानी प्राप्त गरेको थियो ।

उपायका प्रबन्ध निर्देशक सुमन रायमाझीले नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फण्डबाट प्राप्त रकमले व्यवसाय विस्तार र वृद्धिमा प्रयोग गरिने र कम्पनीलाई नाफातर्फ लैजान सफल हुने बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?