गुल्मी । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा गुल्मीको तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयकी अनिशा विश्वकर्मा जिल्ला उत्कृष्ट बन्नुभएको छ । यस जिल्लाका कूल चार हजार ७१ परीक्षार्थीहरुमध्ये यस विद्यालयकी साधारण धारतर्फकी अनिशाले ३.९५ जिपिए लिएर जिल्ला प्रथम बन्नुभएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लोकनाथ मरासिनीले जानकारी दिनुभयो ।
रेसुङ्गा नगरपालिका वडा नम्बर – ८, खानीगाउँ टुनीखोलास्थित यमबहादुर विश्वकर्मा र रिता विश्वकर्माकी कान्छी छोरीका रुपमा जन्मनुभएका विश्वकर्मा अध्ययनमा अत्यन्तै रुची राख्ने अनुशासीत विद्यार्थी भएको विद्यालयका प्रधानाध्यापक डोर विक्रम श्रीसले बताउनुभयो । अनिशा निरन्तर अध्ययनशील विद्यार्थीसँगै मेहनती, लगनशील र बहुप्रतिभावान भएको उहाँले बताउनुभयो ।
त्यस्तै, तम्घासकै महेन्द्र माध्यमिक विद्यालयका कल्याण मरासिनीले ३.९० जिपिए ल्याउनुभएको छ । यस जिल्लामा साधारण धारतर्फ एक हजार २८० जना र प्राविधिक धारतर्फ १२३ जना विद्यार्थी उत्तीर्ण हुनुभएको छ ।
जसमा साधारर्ण धारतर्फ ३४ र प्राविधिक धारतर्फ ४२ प्रतिशत विद्यार्थी उत्तीर्ण हुनुभएको हो । गुल्मी जिल्लाबाट एसइईमा सहभागीमध्ये साधारण धारतर्फका २१ जना र प्राविधिक धारतर्फका दुई जना परीक्षार्थीले ३.८ जिपिए ल्याउनु भएको छ। साधारण धारतर्फका ३९ जना र प्राविधिक धारतर्फका पाँच जना परीक्षार्थीले ३.७ जिपिए ल्याउनु भएको छ।
१६७ जना साधारण धार र १७ जना प्राविधिक धारतर्फका परीक्षार्थीले ३ जिपिए ल्याउनु भएको छ। २.९ जिपिए १४३ जना साधारण धार र १७ जना प्राविधिक धारतर्फका परीक्षार्थीले ल्याउनु भएको छ। साधारण धारतर्फका १५४ जना र पाँच जना प्राविधिक धारतर्फका परीक्षार्थीले २.८ जिपिए ल्याउनु भएको छ।साधारण धारतर्फका ११६ जना र प्राविधिक धारतर्फका आठ जना परीक्षार्थीले २.७ जिपिए ल्याउनु भएको छ। त्यस्तै, साधारण धारतर्फकै ८१ जनाले २.६ जिपिए, ५१ जनाले २।५ जिपिए, १५ जनाले २.४ जिपिए, छ जनाले २.३ जिपिए र एक÷एक जनाले २.२ र २.१ जिपिए ल्याएका शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।
देशव्यापी रुपमा यस वर्षको एसइईको नतिजामा ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा जिल्लाको यस वर्षको नतिजा राम्रो नभएको भन्दै इकाई प्रमुख मरासिनीले शैक्षिक गुणस्तरमा सुधार ल्याउन जरुरी रहेको बताउनुभयो । विशेषगरी अङ्ग्रेजी, गणित र विज्ञान विषयका दक्ष शिक्षकहरुको व्यवस्थासँगै आगामी वर्षमा राम्रो नतिजा ल्याउने गरी सबै पक्ष लाग्न जरुरी रहेको उहाँले बताउनुभयो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच