काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव स्व.पुष्पलाल श्रेष्ठलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गर्नुभएको छ ।
शनिवार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले पुष्पलाल नेपालको राजनीतिक राष्ट्रिय विभूति हुनुहुन्छ भन्नेमा कम्युनिष्टहरु सबै सहमत रहेको बताउनु भयो । उहाँले माक्स र पुष्पलालको भेट भएपछि नेपालमा कम्युनिष्ट पार्टीको जन्म भएको बताउँदै अहिले सन्तानका रुपमा नेपालमा धेरै कम्युनिष्ट पार्टीहरु रहेको बताउनु भयो । उहाँले सामन्तवादको बिरुद्धमा संघर्ष र साम्राज्यवादी शक्तिहरु बिरुद्धको संघर्षमा पुष्पलालले आफ्नो जीवन व्यतित गर्नुभएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘माक्स र पुष्पलालको भेट भएपछि नेपालमा कम्युनिष्ट पार्टीको जन्म भयो । त्यो कम्युनिष्ट पार्टीका सन्तानका रुपमा आज नेपालमा लाखौँ, लाख श्रमीक जनता खडा छन्, यो पुष्पलालको विशेष योगदान हो । पुष्पलालले दुई वटा प्रवृत्तिको बिरुद्धमा निरन्तर संघर्ष गर्नुभएको छ । त्यो नेपालको राजनीतिमा कहिल्यै नबिर्सिने कुरामा रहन्छ । खासगरी सामन्तवादको बिरुद्धमा संघर्ष र साम्राज्यवादी शक्तिहरु बिरुद्धको संघर्ष यो दुई वटा संघर्षमा पुष्पलालले आजीवन निरन्तर नेपाली जनताको पक्षमा योगदान दिनुभएको छ । वैचारिक संघर्षमा पुष्पलालले विभिन्न थरी विसर्जनवादको बिरुद्धमा झण्डा उठाउनुभएको छ र लड्नुभएको छ । पुष्पलाल नेपालको एउटा राजनीतिक विभूति हो भन्नेमा हामी सबै सहमत भएका छाँै । पुष्पलाललाई राष्ट्रिय विभूति भन्नु उचित हुन्छ भन्नेमा हाम्रो पार्टीको समर्थन छ ।’
महासचिव चन्दले कम्युनिष्टहरुलाई अहिले पनि घेराबन्दी रहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच