भोजपुरमा मतदाता शिक्षा प्रभावकारी नहुदाँ नौ हजार बढी मत बदर

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 4 mins

भोजपुर । भोजपुरमा मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा मंसिर चार गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बढी मत बदर भएको देखिएको छ । जिल्ला निर्वाचन कार्यालयले पालिका स्तरीय मतदाता शिक्षा गरिएको भने पनि त्यो प्रभावकारी नदेखिएको हो ।
निर्वाचन आयोगले मतबदर हुने अवस्था आउन नदिन भन्दै जिल्ला जिल्लामा मतदाता शिक्षा गराए पनि त्यो प्रभावकारी बन्न सकेन । निर्वाचनको मत गणनामा भएको मत परिणाम हेर्दा जिल्लामा संचालन गरिएको मतदाता शिक्षा नाम मात्रको भएको देखिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार भोजपुरमा प्रत्यक्ष र समानुपातिकतर्फ गरी नौ हजार एक सय ९८ मत बदर भएको छ ।प्रतिनिधिसभातर्फ तीनहजार एक सय ७३ मत बदर भएकोमा प्रदेशसभा (१) तर्फ १ हजार एक सय ५१मत बदर भएको छ । प्रदेशसभा (२) मा एक हजार तीन सय ५४ र प्रदेशसभा समानुपातिकतर्फ २ हजार ९ सय ३७ मत बदर भएको छ । प्रतिनिधिसभा समानुपातिकतर्फ तीनहजार पाँच सय २०मत बदर भएको मत गणना बिवरणमा उल्लेख छ ।

कुल एक लाख २३ हजार तीन सय ७९ मतदाता रहेको प्रतिनिधिसभामा ६१ हजार आठ सय ५८, प्रदेश (१) माकुल ५९ हजार एक सय ४३ मतदाता रहेकोमा २९ हजार चार सय ९७ र प्रदेशसभा (२) मा६४ हजार दुई सय ३६ कुल मतदाता रहेकोमा ३२ हजार तीन सय ६२ मत खसेको थियो । प्रदेशसभा समानुपातिकतर्फ एक लाख २३ हजार तीन सय ७९ जना मतदाता रहेकोमा ६१ हजार सात सय ३६ र प्रतिनिधिसभा समानुपातिकतर्फ कुल एक लाख २५ हजार दुई सय ६१ मतदातामा ६२ हजार दुई सय ६३मत खसेको मुख्यनिर्वाचनअधिकृत मणीराम न्यौपानेले जानकारी दिनु भयो ।

मतदाता शिक्षा दिन अधिकतम प्रयास भएको हो, तर जनशक्तिको अभाव र भौगोलिक विकटताका कारण समस्या देखिएको मुख्य निर्वाचन अधिकृत न्यौपानेको भनाई रहेको छ । मतदाताहरुले भने निर्वाचन आयोगले मात्र होइन मतदाता शिक्षा राजनीतिक दलहरुले समेत प्रभावकारीरुपमा संचालन गर्न नसकेको गुनासो गरेका छन ।

भोजपुरका जिल्ला निर्वाचन अधिकारी तोपलाल भुसालले यस पटकको निर्वाचनका लागि जिल्लाका ९ वटै स्थानीयतहलाई मतदाता शिक्षाको जिम्मा दिइएको बताउनुभयो । उहाँले मतदाताको घरदैलोमा पुगेका दलका कार्यकर्ताले पनि मतदाता शिक्षा प्रभावकारी रुपमा दिन नसेको बताउनु भयो ।

भुसालले भन्नुभयो, “मतदाता शिक्षा दिन अधिकतम प्रयास भएको हो, तर जनशक्तिको अभाव र भौगोलिक रुपमा विकट जिल्ला भएकोले समस्या आएको हो, दलहरूले पनि मतदातालाई जागरुक बनाउन प्रभावकारी भुमिका निर्वाह नहुदाँ मत बदरको अवस्था देखिएको हो ।” भोजपुरमा मत संकेत धैरे ठाउँमा गरिएको मतपत्रहरु बढी बदर भएको पाइएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?