नवलपरासी । बर्दघाट प्रज्ञा प्रतिष्ठानद्वारा आगामी आर्थिक बर्षका लागि कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । प्रतिष्ठानको चौथो प्रज्ञा सभामार्फत करिब २८ लाख रुपैया बराबरको बजेटका कार्यक्रम सार्वजानिक गरेको हो ।
प्रज्ञा प्रतिष्ठानले भाषा साहित्य, सङ्गीत, सास्कृतिक, कलाको सरक्षण गर्ने गरी योजना ल्याइएको कुलपति डाक्टर घनश्याम न्यौपाने परिश्रमीले बताउनु भयो । "हामीले साहित्य, संस्कृति एब कलाका माध्यमबाट बर्दघाट नगरलाई प्रदेश, राष्ट्र र अन्तर्रास्ट्रिय रुपमा चिनारी हुने गरी कार्यक्रम ल्याइएको छ ।" कुलपति न्यौपानेले भन्नुभयो ।
कला संस्कृति र भाषाको प्रशिक्षण गर्ने, साहित्यीक पर्यटन महोत्सव गर्ने, १० वटा साहित्यिक घुम्ती शिबिर गर्ने, लघु अनुसन्धान लेखन, प्रज्ञा दर्पण, विभिन्न जातजातिको रितिरिवाज र सास्कृतिक कार्यक्रम गर्ने, लगायतका कार्यक्रम ल्याएको छ ।
कला र साहित्य क्षेत्रमार्फत प्रतिष्ठानले बर्दघाट नगरलाई राष्ट्रमा नै चिनाउन सफल भएको प्रतिष्ठानका सरक्षण तथा नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले बताउनु भयो । "बर्दघाट नगरका कला, भाषा, साहित्य र सांस्कृतिक संरक्षण र सम्बद्धनका लागि स्थानीय पाठ्यक्रममा राख्ने तयारी गरेका छौं ।" उपाध्यायले भन्नुभयो ।
सभामा कला, भाषा, संगीत, साहित्य र ललितकलामा योगदान गर्नेलाई पुस्कृत गरिएको छ । भाषा, कला र साहित्य क्षेत्रमा बर्दघाट साहित्य समाज, ललितकलाबाट चित्रकार मन गोल्डी र सङ्गीत तर्फ श्रृर्ती संगीतालयका सञ्चालक लोक मिजारलाइ नगद रु २५ हजार र प्रमाण पत्रले पुरस्कृत गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच