
काठमाडौं । नेपाली भेट्रान धावक धर्म महर्जन र पुष्पलाल श्रेष्ठले अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगितामा शनिबार स्वर्ण जित्नुभएको छ । बंगलादेशको ढाकामा भएको प्रतियोगितामा धर्मले ५० वर्षमाथि १० हजार मिटर दौडमा स्वर्ण जितेको टोली नेतृत्व गर्नुभएका बुद्धवीर लामाले जनाउनुभएको छ । प्रतियोगितामा धर्मको यो व्यक्तिगत दोस्रो स्वर्ण हो ।
यसअघि धर्मले पाँच हजार मिटर दौडमा पनि स्वर्ण जित्नुभएको थियो । पुष्पलालले पनि १० हजार मिटर दौडमै ६५ वर्षमाथि उमेर समूहमा पहिलो स्थान हात पार्नुभयो । सोही दूरीको ४० वर्षमाथि लाक्पा शेर्पा लामा पाँचौँ स्थानमा रहनुभयो ।
प्रतियोगितामा नेपालबाट ६ जना भेट्रान धावकले प्रतिस्पर्धा गरेका थिए । नेपालले पाँच स्वर्ण, एक रजत र एक कांस्य पदक जित्यो । यसअघि ६५ वर्षमाथि पाँच हजार मिटर दौडमा गीतकारसमेत रहनुभएका बुद्धवीर लामा स्वर्ण तथा रेवत दाहालले ५० वर्षमाथि एक हजार पाँच सय मिटर दौडमा स्वर्ण र एक हजार पाँच सय मिटर दौडमा रजत जित्नुभएको थियो । ५५ वर्षमाथि पाँच हजार मिटर दौडमा दीपककुमार रञ्जितले कांस्य हात पार्नुभयोे । टोली मंगलबार स्वदेश फर्किंदै छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच