आज सक्षम र पौरखी युवा विदेश पलायन छन् । त्यसको प्रमुख कारण राजनीतिक अस्थिरता नै हो । स्वदेशमै प्रशस्त अवसर र सम्भावना हुँदाहुँदै रोजगारमूलक क्षेत्र व्यवसायको बिस्तार हुनसकेको छैन । स्वदेशकै स्रोतसाधनको उपयोग, संरक्षण, सम्बद्र्धन र विकास गर्न युवाको खाँचो छ । जुन देशमा युवा बस्दैनन् त्यस देशको विकास नभएको देखिन्छ । आज हाम्रो देशमा पनि हालत त्यस्तै छ । राज्यको दूरदर्शी नीतिको अभावले युवा बाध्यताले विदेश पलायन छन् । विदेश काम गर्न जानु रहर होइन, बाध्यता हो ।
यस्तो नियति अझै कहिलेसम्म निरन्तर चल्ने हो कुनै ठेगान छैन । जुनसुकै सरकार आए पनि नारामात्र लगाउने हुन् व्यवहारमा लागू गर्दैनन् र गरेका पनि छैनन् । देशको अवस्था नाजुक छ । हामीले आसार १५ का दिन देशका विभिन्न ठाउँमा धुमधामका धान दिवस मनायौं । तर, मुलुकका अधिकांश क्षेत्रको जमिन बाजो हुँदै गएको छ । पछिल्लो समय असार १५ फेशन जस्तो भएको छ । एकातर्फ युवा पलायन हुनु, अर्कातर्फ कृषियोग्य भूमि बाँझो रहनाले उत्पादन र रोजगार राज्यले गुमाउनुपरेको छ । जसका कारण सामान्य वस्तु तथा सेवा, कृषि, पशुपक्षी, लत्ताकपडा र आधारभूत आवश्यकतामा परनिर्भरता बढेको छ । नीति नियम प्रभावकारी र जनमुखी नहुँदा विकासका कार्यक्रममा अनियमितता, ढिलासुस्ती र चरम लापरबाही छ । सीमित व्यक्तिका स्वार्थका कारण यस्ता समस्या निरन्तर आइरहेका छन् ।
युवाले परिकल्पना गरेको नेपाल भनेकै सुशासनसहितको समृद्ध मुलुक हो । जुन देशमा सुशासन छ ती देश सम्पन्नताको शिखरमा पुगेका छन् तर, हामी भने देशको गम्भीरतालाई बुझ्न सकिरहेका छैनौं । बेथितिका विरुद्ध युवाले आवाज उठाउनुपर्दछ ।
युवाले परिकल्पना गरेको नेपाल भनेकै सुशासनसहितको समृद्ध मुलुक हो । जुन देशमा सुशासन छ ती देश सम्पन्नताको शिखरमा पुगेका छन् तर, हामी भने देशको गम्भीरतालाई बुझ्न सकिरहेका छैनौं । बेथितिका विरुद्ध युवाले आवाज उठाउनुपर्दछ । देश बनाउनका लागि युवा नउठे को उठने ? युवा जुझारु र सधैं देशप्रति सचेत हुनु जरुरी छ । राजनीतिक दल र तिनका नेताहरूको असक्षमताले देश जटिल मोडतिर धकेलिएको छ । केही समयदेखि मुलुक आर्थिक, राजनीतिक संकटमा छ । राजनीतिक परिवर्तनपछि पटक-पटक नेताहरूले जनतालाई भ¥याङ बनाएर सत्तामा जाने गरेका छन् । तर जनताको पीरमर्का सधैँ भुलेर बसेका छन् । उनीहरू जनताको नाममा ऐस आरामको जिन्दगी बिताँउदै आएका छन् ।
हिजोदेखि आजसम्म दलहरू सत्तामा गएपछि सबै कुरा बिर्सने परम्परागत संस्कृतिको विकास भएको छ । अबको यो युगमा देशमा अधिनायकवाद वा कुनै पनि तानाशाह टिक्न सक्दैनन् । कसैले त्यस्तो सोचेको छ भने त्यो केबल दिवा स्वप्न मात्र हो । लोकतन्त्रको विकल्प लोकतन्त्रै हो । राजनीतिक परिवर्तनको जग २००७ फागुन ७ गते बसेको हो । तर त्यसले स्थिरता पाउन नसक्दा देशमा पटकपटक राजनीतिक परिवर्तन भएका छन् । परिवर्तनबाट जनताले सोचे बमोजिमका अपेक्षा पूरा नभएको पाइन्छ ।
जब देशमा राजनीतिक परिवर्तन हुन्छ, त्यसको सुरुवाती दिनदेखि केही समय जनता उत्साहित हुन्छन् । जब समय बित्दै जान्छ, तब कुनै पनि शासनबाट जनता सन्तुष्टि हुन सक्दैनन् । आफ्नो अधिकारका लागि भन्दै कुनै समूह वा पार्टीको समर्थन गरेर विद्रोह गरेको हामीले इतिहासमा पाउँछौं । जुनसुकै राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिको रक्षा गर्नु सरकार र जनताको कर्तव्य हो । शासकले आफ्नो र आफ्नो वरिपरि रहेका आसेपासे, नातागोतालाई मात्र हेर्ने जनताको अवस्था नबुझ्ने प्रवृत्ति र संस्कारले जनता असन्तुष्टि भई परिवर्तनलाई साथ दिन्छन् ।
कतिपय निष्ठावान् व्यक्ति दूषित राजनीतिकै वातावरणका कारण प्रभावित बन्न पुग्छन् । स्वार्थी प्रवृत्ति नेताका निम्ति लाभ र उत्साहजनक भए पनि जनताका लागि भने घातक बन्दै आएको छ । लोकतन्त्रमा निष्ठाको राजनीतिले आमनागरिकको भावनालाई सम्बोधन गर्छ । नागरिकलाई आकर्षित गर्ने भनेको निष्ठाको राजनीतिले हो । निष्ठाको राजनीति सामाजिक जीवनस्तर सुधार गर्नमा केन्द्रित रहन्छ भने स्वार्थको राजनीति व्यक्तिगत लाभमै सीमित रहन्छ । निष्ठाको राजनीतिले सिद्धान्त, विकास निर्माण र जनसरोकारका विषयलाई मूल मुद्दा बनाएको हुन्छ । अहिले निष्ठाको राजनीति घट्दो अवस्थामा छ भने स्वार्थको राजनीति मौलाउँदो छ । विश्वमा सबैभन्दा फोहोरी राजनीति नेपालमा छ । यसरी देश चलाउन समस्या हुन्छ । पछिल्लो समय युवाले राजनीतिमा त्यति चासो देखाएका छैनन् । कारण राजनीति घृणित खेल भयो । यसलाई सफा गर्न जरुरी छ ।
युवा शक्ति भनेका परिवर्तनका संवाहक हुन् । समाज परिवर्तन र देश विकासको मेरुदण्ड हुन् । नागरिकको अबको एकमात्र सपना समृद्धि हो । समृद्ध भविष्यको सपना पूरा गर्ने जिम्मा युवाको काँधमा छ । देशको समृद्धिका लागि युवाको आवश्यकता छ ।
जनताले राणा शासनको अन्त्य गरी प्रजातन्त्र ल्याए । पञ्चायती व्यवस्थालाई फाली बहुदलीय व्यवस्था ल्याए । त्यो व्यवस्था ल्याउन कांग्रेस र कम्युनिष्ट मिलेर संयुक्त आन्दोलन गरे । त्यसपछि संयुक्त आन्दोलनको बलमा २०४६ चैत २६ गते प्रजातन्त्र पुनस्र्थापना भएको थियो । ०४६ सालमा ल्याएको बहुदलीय व्यवस्था पनि एकदशकपछि पूर्वराजा ज्ञानेन्द्रको हातबाट खोसियो । गुमेको प्रजातन्त्रलाई फर्काउन २०६२/०६३ को संयुक्त जनआन्दोलन-२ गर्नुपरेको थियो । त्यही आन्दोलनको बलमा मुलुकलाई यो अवस्थामा ल्याएको हो । अहिलेसम्मको प्राप्त उपलब्धि त्यसैको परिणाम हो । यसको रक्षा गर्नु हामी सबै नेपालीको साझा कर्तव्य र दायित्व हो ।
हरेक परिवर्तनको आ-आफ्नै विशेषता हुन्छ । कतिपय देशमा प्रजातान्त्रिक शासन व्यवस्था राम्रो हुँदा ती देशहरू विकसित भएका प्रशस्त उदाहरण छन् । नेपालमा भने प्रजातन्त्र नफापेजस्तो देखिन्छ । कारण के हो भने नेतृत्व वर्ग इमानदारी भएनन् । २०४६ वा २०६२ मा भएका आन्दोलनको बलमा प्रजातन्त्र पुनस्र्थापना, संविधानसभाले बनाएको संविधान, त्यसको कार्यान्वयनले समानुपातिक समावेशी शासन पद्धतिको जग बसाल्न र नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन २००७ फागुन ७ को ठूलो भूमिका रहेको छ । अहिलेका युवाले नै फोहोर राजनीतिलाई सफा गर्न अघि सर्नुपर्छ । राजनीतिमा रहेका युवाले यो समय हाम्रो हो, हामी नै सत्कर्मको थालनी गर्नुपर्छ भन्ने बुझ्नु र बुझाउन आवश्यक छ ।
युवा शक्ति भनेका परिवर्तनका संवाहक हुन् । समाज परिवर्तन र देश विकासको मेरुदण्ड हुन् । नागरिकको अबको एकमात्र सपना समृद्धि हो । समृद्ध भविष्यको सपना पूरा गर्ने जिम्मा युवाको काँधमा छ । देशको समृद्धिका लागि युवाको आवश्यकता छ । राज्यका संयन्त्र, नीतिनियम र व्यवहारहरू जनमुखी छैनन् । देशमा सधैं राजनीतिक अस्थिरता छ । विगतदेखि अपरिपक्व नेताकै कारण देशमाथि उठन सकेन । अझै गन्तव्यहीन बाटोमा राजनीति जाने हो, त्यो कुनै निश्चित छैन । (उपाध्याय १५३ विश्वकीर्तिमानी व्यक्ति हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच