नेपालको आधुनिक राजनीतिक इतिहासमा नेपालको इतिहास, नेपाली समाजको वर्गीय संरचना, सस्कृति, भाषा र नेपाली जनताको मुक्तिको खोजीमा निरन्तर क्रियाशील, संघर्षशील र अध्ययनशील रहँदै आउनु भएको हो कमरेड पुष्पलाल यसका सम्बन्धमा उहाँले लेख्नु भएको नेपालमा मातृ सत्तात्मक समाज, नेपालको सर्वेक्षण, नेपाली जनआन्दोलन एक समीक्षा जस्ता महत्वपूर्ण कृतिहरूले निकै महत्वपूर्ण कुरा उजागर गरेका छन् । अझ थप त्यसमा विगतका ऐतिहासिक तथा सामाजिक सम्पदाहरूको वैज्ञानिक ढंगले सूक्ष्म अध्ययन, अनुसन्धान र उत्खनन्मा अविछिन्न लागिरहने, देश र जनताका खातिर आफ्नो सम्पूर्ण क्रान्तिकारी जीवन समर्पण गर्ने एक महान् क्रान्तिकारी तथा अमूल्य माक्र्सवादी विरासत हो कमरेड पुष्पलालको संघर्षशील जीवन ।
वास्तवमा कमरेड पुष्पलाल एक अत्यन्तै जिज्ञाषु हुनुहुन्थ्यो, अनि ऐतिहासिक घटना र घटनावलीहरूको विश्लेषण अद्वितीय अन्तरदृष्टिकासाथ आमजनसाधारण अर्थात् आममानिसहरूको भूमिकालाई केन्द्रबिन्दुमा राखेर पूर्ववर्ती इतिहासकारभन्दा फरक ढंगले अध्ययन, मनन् र लेखन गर्नु हुन्थ्यो भन्ने कुरा उहाँका कृतिहरूले दर्शाउँदछन् । समकालीन विश्व परिवेशमा विषय वस्तुलाई हेर्ने उहाँको प्रबल आकर्षण थियो । उहाँले सामाजिक परिवर्तनका अदृष्य र गुमनाम पात्रहरूलाई खोजेर सतहमा ल्याउन विगतको सहीमात्र उत्खनन् गर्न चाहनुहुन्थ्यो । त्यसैका लागि उहाँका ऐतिहासिक नोटहरूमा विभिन्न महत्वपूर्ण स्रोतबाट सान्दर्भिक र महत्वपूर्ण जानकारी लिइएको पाइन्छ ।
समकालीन सामाजिक संरचनाको परिवेशमा विषय वस्तुहरू र घटनाक्रमलाई हेर्ने उहाँको प्रवल आकर्षणको कुरा थियो । त्यतिमात्रै होइन, उहाँ सामाजिक परिवर्तनका अदृष्य, गुमनाम तर वास्तविक पात्रहरूलाई बाहिर ल्याउन विगतको वस्तुनिष्ठ उत्खनन् गर्न र वास्तविक यथार्थ जनताका बीचमा ल्याउन चाहनुुहुन्थ्यो । जनतामा यथार्थ बस्तुनिष्ठ चेतना जागृत गराउन उहाँले चाहनुहुन्थ्यो । भावनामा बगेर बगाएर समस्याको समाधान हुँदैन भन्ने कुरामा सधैँ जोड दिनुहुन्थ्यो र सामाजिक वर्गीय विश्लेषणको सही निचोड निकालेरमात्र सही बाटोमा अघि बढ्न सकिन्छ भन्ने उहाँको बस्तुवादी दृढ मान्यता थियो । कमरेड पुष्पलालका कतिपय ऐतिहासिक नोटहरूमा विदेशी लेखकहरूद्वारा लिखित विभिन्न दुर्लभ पुस्तकबाट महत्वपूर्ण र सान्दर्भिक जानकारी समावेश थिए जुन आमपाठकहरूका लागि सजिलै उपलब्ध हुने गर्दैनन् । तीमध्ये बिएन सनवालको नेपाल र इष्ट इष्डिया कम्पनी, आरए स्टेनको तिब्बती सभ्यता, डेभिड म्याकलेलनको माक्र्सवादभन्दा पहिले माक्र्स, जिए ग्रियर्सोको भाषाविज्ञान सर्वेक्षण जस्ता केही उल्लेखनीय महत्वका पुस्तकहरू यस सन्दर्भमा औंल्याउन सकन्छ ।
सामाजिक परिवर्तनका अदृष्य, गुमनाम तर वास्तविक पात्रहरूलाई बाहिर ल्याउन विगतको वस्तुनिष्ठ उत्खनन् गर्न र वास्तविक यथार्थ जनताका बीचमा ल्याउन चाहनुुहुन्थ्यो । जनतामा यथार्थ बस्तुनिष्ठ चेतना जागृत गराउन उहाँले चाहनुहुन्थ्यो । भावनामा बगेर बगाएर समस्याको समाधान हुँदैन भन्ने कुरामा सधैं जोड दिनुहुन्थ्यो र सामाजिक वर्गीय विश्लेषणको सही निचोड निकालेरमात्र सही बाटोमा अघि बढ्न सकिन्छ भन्ने उहाँको बस्तुवादी दृढ मान्यता थियो ।
सर्सरीमात्र हेर्दा पनि कमरेड पुष्पलालका ती ग्रन्थसूचीहरू वस्तवमा विस्तृत र समावेशी किसिमका लाग्दछन् । तिनले दक्षिण, मध्य र पूर्वी एसियाको क्षेत्रीय इतिहास अध्ययन गर्न इच्छुक पाठक, अनुसन्धानकर्तालाई अहिले पनि उत्तिकै राम्रोसँग मार्गदर्शन प्रदान गर्दछन् । तिनले आदिम मातृसत्तात्मक समाजदेखि आधुनिक समयसम्मका विकसित समाजमाथि प्रकाश पार्ने निकै महत्वपूर्ण सामग्री प्रदान गर्दछन् ।
विगतमा युरोपेली उपनिवेशवादीहरूले एसियाली समाजको सामाजिक, राजनीतिक र सांस्कृतिक क्षेत्रहरूमा घुसपैठ गर्दा विदेशी मूल्य प्रणालीसँग द्वन्द्वमा आउने हाम्रो इतिहास, संस्कृति र सामाजिक लोकाचारणको झलक प्राप्त गर्न यी ऐहिासिक नोटहरूले बस्तुतः अहिले पनि निकै दुर्लभ स्रोतको रूपमा काम गर्छन् । विदेशी इतिहासकारहरूले ‘नेपाल र भारत एउटै सांस्कृतिक अस्तित्व हुन्’ भन्ने गलत धारणा कसरी बसालेका छन् भन्ने कुरा कमरेड पुष्पलालले एकदमै प्रष्टसँग उत्खनन् गरेर औंल्याउनु भएको छ । त्यो अथाह ज्ञानस्रोतबाट यसको खण्डन गर्ने र हामीले नेपाल भनिने भू-राजनीतिक क्षेत्रमा विद्यमान ठोस वस्तुगत परिस्थितिमा विकसित भएका विविध सभ्यतागत मूल्यमान्यताको निरन्तर अन्तक्र्रियाबाट निर्मित नेपाली सामाजिक-सांस्कृतिक परिवेशको विशिष्ट विशेषता निर्माण गर्न मद्धत गर्ने महत्वपूर्ण सामग्री छान्नु भएको एकदमै प्रष्ट हुन्छ ।
बस्तुतः कमरेड पुष्पलाल भन्नु हुन्छ कि इतिहास शासक वर्गको आख्यान होइन । उहाँका अनुसार ‘इतिहास त एउटा जीवन्त सामाजिक संस्था हो, जसमा समाजको एकीकरण र अनेकीकरणको प्रक्रिया निर्वाध रूपमा चलिरहन्छ । कमरेड पुष्पलालले इतिहासलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट व्याख्या गर्नु भएको छ, त्यसमा पनि अझ महत्वपूर्ण सामाजिक परिवर्तनको उत्प्रेरक र वाहकको रूपमा जनताको भूमिकाको उहाँले प्रशंसा गर्नु भएको छ । इतिहासको खोज अनुसन्धानको यस क्रममा कमरेड पुस्पलालले काश्मिर, तिब्बत, सिक्किम, भुटान र भारतको इतिहासमा पाइने सान्दर्भिक सूचनाहरूबाट तिनको परिधीय स्रोत खोतल्दै नेपाली इतिहासको संरचनाकरण भनौं या पुनर्संरचनामा ठूलो योगदान पुर्याउनु भएको छ ।
अमानवीय प्रथाको विरुद्ध विद्रोहकारी कार्यको रूपमा एघारजना नेपाली दास किशोरीहरू आफ्नो मालिकको घरबाट भागेर ब्रिटिश भारतीयहरूको नियन्त्रणमा रहेको तिरहुतमा शरण लिन पुगे । अनि तिनका नेपाली मालिकहरूले नेपालमा दासत्व वैध छ भन्दै ती किशोरीहरूको फिर्तीका लागि माग पनि गरे, तर ब्रिटिश भारत सरकारले ती किशोरीहरूलाई आत्मसमर्पण गराउन अस्वीकार गरे ।
इसरी इतिहासको द्वन्द्वात्मक भौतिकवादी उत्खनन्कर्ता कमरेड पुष्पलालले नेपाली इतिहासका धेरै अज्ञात वा कम ज्ञात विभिन्न तथ्य अध्ययन र विश्लेषणका लागि बाहिर प्रकाशमा ल्याउनु भएको छ । यस क्रममा बिए सनवालको पुस्तकबाट लिइएको टिप्पणीमा उहाँले नेपालमा दासप्रथाविरुद्ध बढ्दो सामाजिक अशान्तिबारे उल्लेख गर्नु भएको छ । लर्ड एलेन बरोले सन् १८४३ मा भारतमा दासप्रथा उन्मूलन गरेका थिए । तर नेपालमा भने त्यो क्रूर, अमानवीय र अन्यायपूर्ण सामाजिक प्रथा १९२९ सम्म अस्तित्वमा थियो भन्ने उल्लेख उहाँले गर्नु भएको छ । त्यस अमानवीय प्रथाको विरुद्ध विद्रोहकारी कार्यको रूपमा एघारजना नेपाली दास किशोरीहरू आफ्नो मालिकको घरबाट भागेर ब्रिटिश भारतीयहरूको नियन्त्रणमा रहेको तिरहुतमा शरण लिन पुगे । अनि तिनका नेपाली मालिकहरूले नेपालमा दासत्व वैध छ भन्दै ती किशोरीहरूको फिर्तीका लागि माग पनि गरे, तर ब्रिटिश भारत सरकारले ती किशोरीहरूलाई आत्मसमर्पण गराउन अस्वीकार गरे । यसमा यो अडानमा ब्रिटिश सरकारको उद्देश्य दासत्वलाई बिस्तारै दबाउने रहेको पनि कामरेड पुष्पलालले नोटमा उल्लेख गर्नु भएको छ ।
यसै प्रकारको अर्को उदाहरणमा पुष्पलालले पद्मा गिरीको ‘एन एकाउन्ट अफ नेपाल’बाट प्राप्त महत्वपूर्ण जानकारीलाई उद्धृत गर्नु भएको छ, जसले पृथ्वीनारायण शाहले कीर्तिपुरमा विजय प्राप्त गरेपछि कीर्तिपुरका बासिन्दामाथि गरेको ज्यादतीबारे लामो समयदेखिको धारणालाई स्पष्ट पार्न मद्धत गर्छ । पृथ्वीनारायण शाहले आफ्नो विजयपछि तथ्यगत प्रमाणको आधारमा सामान्यीकरण नगरी सम्पूर्ण जनताको नाकको टुप्पो र कान काट्ने जघन्य कार्य गरेको केही इतिहासकारहरूले लेखेका छन् । कमरेड पुष्पलालले पद्मा गिरीको भनाइ उद्धृत गर्दै पृथ्वीनारायण शाहले कीर्तिपुरवासीलाई दण्डित गर्ने जिम्मेवारी दिएका दुई भोटियाले ८६५ जनाको नाक र कान काटेको उल्लेख गरेका छन् । तर, पछि पृथ्वीनारायण शाहले ‘अत्यधिक जोस (क्रुरता)का साथ काम गरेका थिए’ भन्दै उनीहरूलाई मृत्युदण्ड दिए । यो ऐतिहासिक प्रमाणले पृथ्वीनारायण शाहले प्रतिशोधको आफ्नो आधारभूत मानवीय प्रवृतिलाई सन्तुष्ट पार्न आफूलाई तल झारेर कमाएको कलंक हटाउन त सक्दैन तर यसले काम गर्छ भनिएको छ ।
कमरेड पुष्पलालको यो अत्यन्तै महत्वपूर्ण र दुर्लभ पाण्डुलिपि पुष्पलाल स्मृति प्रतिष्ठानले ‘पुष्पलालः नोट्स अन हिस्ट्री’ शीर्षकमा प्रकाशन गरेको छ । निश्चय नै यो इतिहासको उत्खनन् र अध्ययनको क्षेत्रको अत्यन्तै महत्वपूर्ण ऐतिहासिक ज्ञानको भण्डारमा थप एउटा बहुमूल्य सामाग्री हो जुन वर्तमन, भविष्यका विद्वान् र लेखकहरूले पनि राम्रोसँग लाभ उठाउँदै ऐतिहासिक खोज अनुसन्धान र उत्खनन्लाई अझ अघि बढाउन, थप प्रमाणित गर्न सक्छन् । कमरेड पुष्पलालको जन्म शतवार्षिकीको यो वर्ष(१९८१-२०८१)को अवसरमा पुष्पलाललाई अझ पढौं, बुझौं र सही बाटोमा अगाडि बढौं !
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच