भोजपुरमा २७ प्रतिशत मात्र रोपाइँ

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । कोशी प्रदेशको पहाडी जिल्ला भोजपुरमा अहिलेसम्म २७ प्रतिशत मात्र धान रोपाइँ सकिएको छ ।

जिल्लामा ९ वटा स्थानीय तह छन । भोजपुरको कुल खेतीयोग्य जमिनको क्षेत्रफल ६२ हजार दुई सय ९९ हेक्टर रहेको छ । जसमा १२ हजार ५० हेक्टर क्षेत्रफलमा धान खेती गर्ने गरिएको कोशी प्रदेश निर्देशनालय बिराटनगरले जनाएको छ । भोजपुरमा हालसम्म तीन हजार पाँच सय ५४ हेक्टर क्षेत्रफलमा मात्र धान खेती सकिएको छ । बर्षात भई रहेको र कृषकहरुले खेतमा रोपाइँ गरि रहेको हुनाले असार भित्रमा अधिंकाश क्षेत्रहरुमा रोपाइँ भई सक्ने कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।

भोजपुर जिल्लामा बेलकुटी, अटे, कुमल, सानो मसिना, मनसुली लगायत विभिन्न प्रजातीका धानहरु रोप्ने गरिन्छ । जिल्लाको केही क्षेत्रमा बर्खे र अधिकांश ठाउँमा मंसिरे धानसमेत लगाउने गरिन्छ भने बेसी फाँटमा बर्षमा दुई वाली कृषकहरुले लगाउने गर्छन ।

भोजपुर जिल्लाको देउराली, टक्सार, कोट, बोखिम, गुप्तेश्वर, मुलपानीलगायतका ठाउँहरु धानको लागि पकेट क्षेत्र मानिएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?