हिमाको मर्चीगाउँमा खानेपानी पुगेपछि स्थानीयवासि खुसी

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाको हिमा गाउँपालिका-७ स्थित मर्ची गाउँमा स्वच्छ खानेपानीका ६७ वटा नयाँ धारा निर्माण भएपछि स्थानीयवासिलाई पानीको निकै सहज भएको छ । बार्खेडाडा खानेपानी तथा सरसफाई आयोजनाअन्तर्गत मर्ची गाउँमा ६७ घरमा धारा निर्माणभई संचालनमा आएको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले जानकारी दिनुभयो ।

इन्लाइन क्लोरेसन प्रविधि जडान गरि धारामा सुद्धिकरण भई पानी आउने व्यवस्था मिलाइएको हुनाले हिमाबासीको शुद्ध खानेपानीमा पहुँचको विस्तार गर्दे पालिका लागि परेको छ । पालिकाकासबै गाउँमा स्वच्छ खानेपानी पुर्‍याउन नीति कार्यक्रम तथा बजेटमा समेत आवश्यक बजेट विनियोजन गरिएको छ । गाउँपालिका अध्यक्ष शाहीले भन्नुभयो,“गाउँपालिकाका प्रत्येक घरधुरिमा खानेपानी पुर्‍याउन लक्ष्यअन्तर्गत मर्ची गाउँमा खानेपानी घारा निर्माण गरिएको गाउँपालिका अध्यक्ष शाहीको भनाइ छ । ”

सबैका लागि दिगो खानेपानी तथा सरसफाई आयोजना (सुस्वा) परियोजनाको लगानी र नेपाल सरकार, युरोपियन युनियन, फिनल्यान्ड सरकार र हिमा गाउँपालिकाको संयुक्त साझेदारीमा सो वडामा धारा निर्माण गरिएको हिमा गाउँपालिका सुस्वा परियोजनाका वास संयोजक सुमिता शाहीले जानकारी दिनुभयो ।

सुस्वा आयोजनाको दिर्घकालीन लक्ष्यअन्तर्गत हिमा गाउँपालिका भित्रका प्रत्येक नागरिकलाई इन्लाइन क्लोरेसन सहितको स्वच्छ र गुणस्तरीय खानेपानी पुर्‍याउन परियोजनाको काम गरेको सुस्वा परियोजनाका वास संयोजक शाहीको भनाइ छ ।

पालिकाको बाँजागाड गाउँमा एक घर एक धारा निर्माणभई स्वच्छ खानेपानीको उपलब्धताहुँदा स्थानीयबासीलाई राहत पुगेको सो वडाका स्थानीयववासि धनपुरा शाहीले बताउनुभयो । एक घर एक धारा निर्माण भइ स्वच्छ खानेपानी उपलब्ध गराएकोमा सुस्वा आयोजना र हिमा गाउँपालिकालाई धन्यवादसमेत दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?