एनआरएनएको निर्वाचन स्थगित

Read Time = 2 mins

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतबार भर्चुअल माध्यमबाट अध्यक्ष कुमार पन्तको सभापतित्वमा बसेको बैठकमा एनआरएनएको १० औं  अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिबारे उत्पन्न विवादका सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रका सम्बन्धमा छलफल भएको छ ।

बैठकले मन्त्रालयको सुझावअनुसार पूर्वनिर्धारित आगामी अक्टोबर २३ देखि २५ मा हुने भनिएको १० औं अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र एनआरएनए विश्व  सम्मेलन हाललाई स्थगित गर्ने निर्णय गरेको छ ।मन्त्रालयको पत्रका सम्बन्धमा कानुनविद् र अन्य सम्बन्धितसँग परामर्श गरी यथाशीघ्र महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय पनि बैठकले गरेको छ ।

अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठक बसेर विद्यमान विशेष परिस्थितिमाथि  छलफल गरी थप निर्णय गरिने एनआरएनएले जनाएको छ । एनआरएनए महाधिवेशनका लागि काठमाडौं आइसकेका र आउनेक्रममा रहेका प्रतिनिधिमा पुगेको असुविधाप्रति एनआरएनएले क्षमासमेत मागेको एनआरएनएका प्रवक्ता डिबी क्षेत्रीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?