
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकको सम्पत्तिको सीमा निर्धारण गर्नुपर्ने माग गर्नु भएको छ ।
आईतवार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक, २०८१ माथि संशोधन प्रश्ताव गर्नुभएको हो । उहाँले नेपालमा उत्पादन हुने वस्तुहरूको आयात बन्द गर्नुपर्ने बताउनु भयो । उहाँले नेपालीले विदेशी बैंकमा पैसा राख्न नपाउने, स्रोत नखुलेको सम्पत्ति सरकारले स्वतः राष्ट्रियकरण गरिनुपर्ने माग गर्नुभयो ।
उहाँले मानिसहरुको स्रोत नखुलेको सम्पती स्वतःराष्ट्रियकरण हुनुपर्ने बताउनु भयो । उहाँले स्रोत नखुलेको सम्पत्तिमा राजश्व उठाएर वैध बनाउनु सरकारले चोरसँग चोरीको भाग लिए जस्तै भएकाले विधेयकमा यससम्बन्धी दफा हटाइनुपर्ने माग राख्नुभयो । उहाँले वित्त व्यवस्थापन ऐन,२०७४मा पुर्खेली घरजग्गा बिक्रीमा लाभ कर लगाइन नहुने बताउनु भयो ।
उहाँले आय विवरण बुझाउन बाँकी करदातालाई छुट दिँदा कर बुझाइ सकेकाहरु समेत निरुत्साहित हुने बताउनु भयो । उहाँले विधेयकमा विद्युतीय सवारी,एलइडी बत्ति,औषधि,सल्यक्रिया,पशुचिकित्सामा प्रयोग हुने सामानमा कर छुट दिन नहुने व्यवस्था गर्न पनि माग गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच