
वासिङ्टन डिसी । भेनेजुएला कोपा अमेरिकाको समूह चरणमा शतप्रतिशत जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा सोमबार बिहान जमैकामाथि ३-० को सहज जित दर्ता गरेको हो । टेक्ससमा भएको खेलमा भेनेजुएलाले पहिलो हाफ गोलरहित बराबरी खेले पनि दोस्रो हाफमा ३ गोल गरेको थियो ।
भेनेजुएलालाई एडवार्ड बेलोले ४९औँ मिनेटमा गोल गर्दै अग्रता दिलाउनुभयो । ४६औँ मिनेटमा जोस सालमोनले अग्रता दोब्बर बनाउनुभयो । ८५औँ मिनेटमा एरिक रेमिरेजले गोल गरेपछि भेनेजुएला ३-० को सहज जितका साथ अन्तिम ८ मा पुग्न सफल भयो । जमैका भने समूह चरणका सबै खेलमा हार बेहोरेर बाहिरिएको छ । यही समूह ‘बी’मा रहेका इक्वेडर र मेक्सिकोले बराबरी खेले ।
बराबरीले इक्वेडरलाई अन्तिम आठमा स्थान पक्का गराउँदा मेक्सिको भने प्रतियोगिताबाट बाहिरिएको छ । दुवै टिमको समान चार/चार अंक भए पनि गोल अन्तरका आधारमा इक्वेडर अन्तिम आठमा प्रवेश गरेको हो । क्वाटरफाइनलमा भेनेजुएलाले क्यानडासँग खेल्दा इक्वेडरले डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच