एजेन्सी । जनरल उपेन्द्र द्विवेदीले आइतबारदेखि भारतीय सेना प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको छ । भारतीय सेना प्रमुख जनरल मनोज पाँडेले आइतबार अवकाश पाएपछि द्विवेदीले उहाँको स्थान लिनुभएको हो ।
अवकाश पाउनुभएका जनरल मनोज पांडेले ३० अप्रिल २०२२ बाट भारतीय सेनाको सर्वोच्च पद ‘चिफ अफ आर्मी स्टाफ’को जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । जनरल द्विवेदी भारतको ३०औं सेना प्रमुख हुनुभएको छ ।
जनरल द्विवेदीसँग चीन र पाकिस्तानसँगको सीमामा भएका विशेष अपरेसनको राम्रो अनुभव छ । आइतबार सेना प्रमुख हुनुअघि उहाँ भारतीय सेनामा भाइस चिफ अफ आर्मी स्टाफका रूपमा कार्यरत हुनुहुन्थ्यो ।
गत महिना भारत सरकारले जनरल पाँडेको कार्यकाल एक महिना बढाएको थियो । समय थप नगरेको भए उहाँले मे ३१ मा अवकाश पाइसक्नुहुन्थ्यो । अवकाशमा जानु ६ दिनअगाडि उहाँको कार्यकाल एक महिना थपिएको थियो, जुन भारतमा एकदमै कम हुनेगर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच