
काठमाडौं । संगीत क्षेत्रका पुरुष सेलिब्रेटीसँग प्रेमको नाटक गरी शारीरिक सम्बन्ध राखेर ‘हनी ट्रयाप’ (महजाल) मा पारिएको कथामा आधारित गीतको भिडियो ‘जिन्दगी हो खेल जस्तै’ सार्वजनिक भएको छ ।
विनोद राईको स्वर, दीपेन्द्र अधिकारीको शब्दरचना, राजकुमार बगगरको संगीत र कमल सौरागको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन, दृश्य तथा रंग सम्पादनमा तयार भएको गीतको भिडियोमा अजय रेग्मीको सिनेमाटोग्राफी र लोकेश भाटको ग्राफिक्स छ ।
भिडियोमा सेलिब्रेटीको भूमिकामा गीतका गायक विनोद राई स्वयंले र षड्ययन्त्रकारी युवतीको भूमिकामा ऋचा थापाले अभिनय गर्नुभएको छ भने सहायक भूमिकामा राजेन्द्र शर्मा, अर्जुन कुँवर, रश्मी आचार्य, सन्तोष कुँवर, नवराज बडुवाल र सुरज भुसाललाई देख्न सकिन्छ । गीतको भिडिओ डिए क्रियशन्स युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच