काठमाडौं । प्रथम माध्यमिक तह स्तरीय राष्ट्रव्यापी अभ्यास अदालत प्रतियोगिता सम्पन्न भएको छ । लेक्स नेपाल इन्स्टिच्युट अफ लको प्रस्तुति एवं सुदूरपश्चिम कानुन विद्यार्थी समाजको आयोजनामा माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरू लक्षित प्रतियोगिता सम्पन्न भएको हो । कक्षा १२ को परीक्षा दिएका एवं कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूबीचमा अदालतमा गरिने बहस अभ्यासको प्रतियोगिता आयोजना गराएर एक कार्यक्रमबीच कार्यक्रम सम्पन्न गरिएको हो ।
प्रतियोगितामा केएमसी ललितपुरका विद्यार्थी आकृति कोइराला, अभिषेक दंगाल एवं ऋत एकेडेमीकी विद्यार्थी रिगा शर्माको समूह प्रथम भएको छ भने एकराज बस्नेत, आचल यादव एवं प्रलभ पराजुलीको समूह द्वितीय भएको छ । कार्यक्रममा प्रथम हुने समूहलाई पाँच हजार पुरस्कार र द्वितीय हुने समूहलाई तीन हजार पुरस्कार प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष दीपक जोशीले बताउनुभयो । त्यस्तै अभिषेक दंगाल प्रतियोगितामा उत्कृष्ट बहसकर्ता एवं सत्यराज कार्की उत्कृष्ट अनुसन्धानकर्ताको रूपमा घोषित हुनुभयो । देशभर कानुन पढेका एवं कानुन पढ्ने तयारी गरिरहेका विद्यार्थीहरूलाई बहसकला सिकाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले विद्यार्थीलाई बहस गर्न प्रेरित गराएको अध्यक्ष जोशीले बताउनुभयो ।
प्रत्येक समूहमा तीनजना गरी २० जना समूह सहभागी भएको उक्त प्रतियोगितामा सहभागीहरूले बहसकलादेखि मस्यौदा लेखनसमेतको सीप आर्जन गर्न सफल भएको कार्यक्रमका संयोजक रेवन्त ढकालले बताउनुभयो । कक्षा १२ देखि नै बहसकला र मिसिल लेखनमा ज्ञान आर्जन गर्दै जाने हो भने यसले भावी दिनमा विद्यार्थीहरूलाई उत्कृष्ट वकिलको रूपमा विकास गर्न मद्दत पुर्याउने संयोजक ढकालको भनाइ छ ।
कानुनका विद्यार्थीलाई लक्षित गरेर लेक्स नेपाल इन्स्टिच्युट अफ लले विभिन्न सीपमूलक कार्यक्रम आयोजना गर्दै आएकोमा यो प्रतियोगिताले विद्यार्थीमा सकरात्मक ऊर्जा बढाएको लेक्स नेपालका निर्देशक अधिवक्ता यज्ञराज पाण्डेले बताउनुभयो । भविष्यको दक्ष वकिल बन्नका निम्ति यस्ता सीपमूलक अभ्यास अदालत प्रतियोगिताले अहम् भूमिका खेल्ने भएकाले विद्यार्थीहरूको व्यक्तित्व विकास एवं सीप आर्जनमा सहयोग पुग्ने अधिवक्ता पाण्डेको दाबी छ ।
आयोजक संस्था सुदूरपश्चिम कानुन विद्यार्थी समाज सुदूरपश्चिम स्थायी बसोवास भई विभिन्न ठाउँमा कानुन अध्ययन गरिरहेका विद्यार्थीहरूको साझा संस्था हो । कानुनका विद्यार्थीहरूको सीप अभिवृद्धि एवं शैक्षिक उन्नयनका लागि यसले कानुनसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच