![गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा बहस सकियो, केहीबेरमा आदेश आउने](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/rabi-lamichhane-2.jpg)
हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । मनहरी गाउँपालिका वडा नम्बर–३ को महेन्द्र ज्योति माध्यमिक बिद्यालयका शिक्षक दिनेश उप्रेती आफैँले अध्यापन गराउँदै आएको छात्रालाई यौन दुव्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् ।
शिक्षक उप्रेतीले यौन दुव्र्यवहार गरेको भन्दै छात्राले उजुरी दिएपछि मकवानपुर प्रहरीले पक्राउ गरेको थियो । मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीका अनुसार असार १६ गते बालिकाले आफुमाथि यौन दुर्व्यवहार भयो भनी १३ वर्षीया बालिकाले विद्यालयका प्रधानाध्यापकलाई निवेदन दिएकी थिइन् । पीडित बालिकाले निवेदन दिएपछि विद्यालयमा छलफल भइ ईलाका प्रहरी कार्यालय लगिएको थियो । बालिका माथि भएको दुर्व्यवहारको घटनामा छलफल हुँदैन भनी जिल्ला प्रहरी कार्यालयमा पठाइएको कालाखेतीले जानकारी दिनुभयो । यस घटनालाई गम्भीर रुपमा लिई घटनाबारे विद्यालय व्यवस्थापन समिति, स्थानीय र जनप्रतिनिधि बिच छलफल समेत भइरहेको उहाँले बताउनुभयो ।
शिक्षकलाई हिरासतमा राखी दुर्व्यवहार घटनाबारे अनुसन्धान भइरहेको र अरु कुरा खुलाउन नसकिने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सिताराम रिजालले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच