![गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो, फैसला आउन ढिलाइ](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/rabi-lamichhane-2.jpg)
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संसदमा कानून निर्माणको विषयले प्राथमिकता पाउन नसकेको बताउनुभएको छ ।
मंगलवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसदमा पेश भएको धेरै विषयहरुमा छलफल गर्न नपाएको कुरा आफूले महशुस गरेको बताउनु भयो । उहाँले विभिन्न परिवेश र परिस्थितिले कानून निर्माणको कुरा ओझेलमा परेको महशुस भएको बताउनु भयो । उहाँले आगामी दिनमा नीतिगत रुपमा रहेका कतिपय समस्यालाई हामीले सम्बोधन गर्नुपर्ने, यथेष्ट कानून निर्माण गर्नुपर्ने, सरकारको प्राथमिकता नीतिगत रुपमा सुधार गरेर अहिलेका जटिलता फुकाउन आवश्यक रहेको बताउनु भयो । उहाँले जटिलता फुकाउँदै लगानीमैत्री वातारवण बनाउने, आन्तरिक र वाह्य लगानी बढाउने कुरामा सरकार गम्भीर रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिलेको पछिल्लो संसदको समयावधि एउटा अधिवेशनको समय हामीले सक्यौँ । संसदमा थुप्रै टेबुल भएका विषयहरुमा हामीले छलफल गर्न पाएका छैनौँ । अहिले मुलुभुत रुपमा कानून निर्माणमा संसदले जुन प्राथमिकता पाउनुपर्ने हो, मान्य सदस्यज्युहरुको कुरामा जति केन्द्रित हुनुपर्ने हो विभिन्न परिवेश, परिस्थितिले यो विषय ओझेल परेको छ । यो स्वभाविक छ । यो ओझेलमा परेको कुरा तपाईं हामीले महशुस गरेका छौँ । आगामी दिनमा हामीले मुलतः अहिले पनि नीतिगत रुपमा रहेका कतिपय समस्यालाई हामीले सम्बोधन गर्नुपर्ने, यथेष्ट कानून निर्माण गर्नुपर्ने, सरकारको प्राथमिकता नीतिगत रुपमा सुधार गरेर हामीले अहिलेको जुन जटिलताहरु छन्, ति जटिलता फुकाउँदै लगानीमैत्री वातावरण बनाउने, आन्तरिक लगानी, वाह्य लगानी बनाउने कुरामा सरकार गम्भीर छ ।’
मन्त्री भण्डारीले स्वदेशी उत्पादन वृद्धि गर्न सरकारले विभिन्न कामहरु गरिरहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच