पशु बीमाप्रति हुम्लाका कृषकको आकर्षण बढ्दै

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । पछिल्लो समय हिमाली जिल्ला हुम्लामा पशुपालन व्यवसायमा लाग्दै आएका कृषकको पशु बीमाप्रति आकर्षण बढ्दै गएको छ । जिल्लामा विगतकको वर्षको तुलनामा पछिल्लो समय गाई,गोरु,घोडा, खच्चड, झोपा, जुमा, भेडा बाख्रा र गधाको बीमा गराउने कृषकको संख्या बढ्दै गएको शिखर इन्स्योरेन्स हुम्ला शाखाका पशु प्राविधिक उपेश भण्डारीले बताउनुभयो ।

प्राविधिक भण्डारीका अनुसार, जिल्लामा यस अगाडि बीमा गरेको पशु मरेपछि पशु बीमा गर्ने कृषकलाई रकम हस्तान्तरण गरिएकाले यस तर्फ कृषक आकर्षित हुँदै गएका छन् । पशुबीमा गरेपछी कुनै कारणले पशु मरेमा बीमा रकम कृषकलाई बीमा कम्पनीले दिने व्यवस्था गरेको भण्डारीको भनाई छ ।

जिल्लामा आ.व २०८०/०८१ मा गाई, गोरु, झोपा, जुमा, चौरी, घोडा, खच्चड, भेडा, बाख्रा र गधा गरेर ९ सय ९९ पशुको बीमा भएको छ । भने ४ सय ४९ बिमित कृषक रहेका छन् । यो वर्ष १ सय १३० वटा गाई गोरु मरेका १ सय २६ कृषकले क्षतिपूर्ति पाएको शिखर इन्स्योरेन्स शाखा हुम्लाका प्रमुख गोरासिंह बोहराले बताउनुभयो ।

क्षतिपूर्ति रकम पाइने भएपछि किसानहरु अहिले पशु बीमासहित व्यवसायिक रुपमा पशुपालनतर्फ आकर्षित भएका छन् । बीमा गरेका किसानको पशु क्षति भइहालेमा क्षतिपूर्ति रकम उपलब्ध गराउन थालेपछि पशु बीमातर्फ किसानको आकर्षण बढेको हो । यस्तै सिमकोट गाउँपालिका-८ स्याडा गाउँका किरण बुढाले ८ वटा खच्चको विमा गर्नुभएको छ । स्थानीय बुढाले भन्नुभयो, पशु बीमा विषयमा अझैपनी जानकारी थिएन् ।

पछिल्लो समय पशु बीमाको लागि शिखर इन्स्योरेन्स शाखा हुम्लाका कर्मचारी उपेश भण्डारी गाउँघर पुगेर पशु बीमाको बारेमा सबै जानकारी गराएपछि अझ बढी किसानहरु आर्कषित भएको बुढाले बताउनुभयो । ग्रामीण भेगका दुरदराजका किसानलाई पर्याप्त रुपमा पशु बीमाको बारेमा जानकारी भए बिमितको संख्या बढ्ने देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?