इञ्जिनियरिङ प्रदर्शनीको प्रायोजकमा बृज सिमेन्ट

Read Time = 2 mins

काठमाडौं । दिगो विकास र समृद्ध नेपालका लागि प्रविधि भन्ने नाराका साथ बृज सिमेन्टले प्रायोजन गरेको १३औँ राष्ट्रिय सिभिल इञ्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ । नेपाल इञ्जिनियरिङ क्याम्पस पुल्चोकमा माघ २० गतेदेखि तीनदिने प्रदर्शनी भएको थियो ।

प्रतियोगितामा फोटोग्राफी, क्विज, ट्रेजर हण्ट, पेपर ब्रिज कम्पिटिसन, पेपर प्रिजेन्टेसन, मिक्स डिजाइन कम्पिटिसन, सर्भेइङ च्यालेन्ज, मोडल कम्पिटिसन, सेक टेबल कम्पिटिसन, पोएट्री कम्पिटिसन, ओलमपियाड गरी १२ विधामा विद्यार्थीबीच प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगिता विजेतालाई बृज सिमेन्टका सिनियर ब्राण्ड म्यानेजर अमित श्रेष्ठले बृज सिमेन्ट ट्रफी प्रदान गर्नुभएको थियो । सिभिल इञ्जिनियर विद्यार्थी समाज नेपालद्वारा आयोजित प्रतियोगितामा विगत नौ वर्षदेखि बृज सिमेन्टले ट्रफी प्रायोजन गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?