![सूचनाको हकमा महिला सशक्तीकरणसम्बन्धी अन्तरक्रिया](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/mahila-antarkriya.jpg)
काठमाडौं । नेकपा एमाले बुधबारसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेको छ ।
मंगलबार बसेको सचिवालय बैठकले एमाले र कांग्रेसबीचको सहमति अनुसार संविधानको धारा ७६ (२) को अर्को सरकार निर्माण गर्न बुधबारसम्म मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आह्वान गर्ने निर्णय गरेको हो ।
साथै सचिवालय बैठकले राष्ट्रिय सहमतिको सरकार बनाउन योगदान गर्न सबै राजनीतिक दललाई आह्वान गर्ने निर्णय पनि गरेको छ ।
बैठकपछि बोल्दै पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेस र एमालेबीचमा भएको राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई पार्टीले स्वागतसहित समर्थन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । संसद्मा ८८ सिट भएको कांग्रेस र ७७ सिट भएको एमाले मिलेर सरकार बनाउने समझदारी गरेका छन् ।
एमालेले कांग्रेससँग भएको सहमति अनुसार अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने सरकारलाई राष्ट्रिय सहमतिको बनाउन अरु दललाई पनि सहभागी हुन आह्वान गरेको छ । सोमबार राति कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरणको सहमति भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच