‘आउन बुढा नाचम् कम्मरै भाचम्’

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । तृष्णा फिल्मस् मिडिया प्रा.लि.को प्रस्तुति रहेको तीज गीत ‘आउन बुढा नाचम् कम्मरै भाचम्’ सार्वजनिक भएको छ । ममता खत्री बस्नेत, धीरज अधिकारी ‘खत्री’, विमला गैरेलगायतको स्वर र ममताकै शब्द/संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

प्रेम शर्मा पौडेलको कोरियोग्राफी रहेको भिडियोमा प्रेम, धीरज अधिकारी ‘खत्री’ कविता अधिकारी, लक्ष्मी लामा, राज गजमेर, गीता दाहाल, दीपा खनाल, बिमला भुजेल, गोमा गुरागाईं हेमा भण्डारी, छुमा गैरे, कान्छी सुनार लगायतको अभिनय छ । केशव अधिकारी ‘खत्री’को छायांकन रहेको भिडियोलाई प्रेम शर्माले नै निर्देशन गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?