अनलाइन परामर्शका लागि ‘सजिलो एप’

Read Time = 2 mins

काठमाडौं । विभिन्न संघसंस्थालाई अनलाइनमार्फत् परामर्श तथा मर्मत सेवा प्रदान गर्दै आएको स्टार्टअप कम्पनी सजिलो सेवाले एप सार्वजनिक गरेको छ । कम्पनीले एन्ड्रोइड र आइओएस दुवैमा डाउनलोड गरी प्रयोग गर्न मिल्ने गरी सजिलो सेवा नामक एप सार्वजनिक गरेको हो । एपमार्फत् आफ्नो सेवाको दायरा अझ फराकिलो बनाउँदै होम रिपेयर, होम सैलुन, इभेन्ट म्यानेजमेन्ट, मेडिकल टेष्ट एट होम, गार्डेनिङ, ड्राइभर, क्लिनिङ तथा पेस्ट कन्ट्रोललगायत ५० भन्दा बढी सेवा प्रदान गर्ने जनाएको छ । एपबाट सहजै सेवा बुकिङ गर्न सकिने, सेवाको मूल्य पारदर्शीरूपले एपमा देख्न सकिने कम्पनीले जनाएको छ । ३० दिनको सर्भिस वारेन्टीका साथै एपमार्फत् विभिन्न छुट तथा क्यासब्याकसमेत पाइने बताइएको छ ।

कात्तिक ७ गतेसम्मका लागि एप डाउनलोड गर्ने ग्राहकले आइफोन ११ जित्ने मौका, प्रोमोकोड ‘सजिलो एप’ प्रयोग गरेर आफ्नो पहिलो अर्डरमा ५० प्रतिशत छुटका साथै एनआइसी एशिया कार्ड र क्युआर, इसेवा र खल्तीबाट भुक्तानी गर्दा तीन सय रपैयाँसम्म क्यासब्याक पाइने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?