विराटनगर । मोरङ जिल्ला ‘ए’ डिभिजन लिगको उपाधि विराटनगरको सम्राट स्पोर्टिङ क्लबले हात पारेको छ । सम्राटले लेटाङको चार तारे क्लबलाई पेनाल्टी सुटआउटमा ५-४ पराजित गरेसँगै लिगको उपाधि चुमेको हो ।
असार ३ गते निर्धारण गरिएको फाइनल वर्षाका कारण अवरुद्ध भएपछि सोमबार उक्त खेल बेलबारी रंगशालामा खेलाइएको हो । निर्धारित समयमा दुवै टोलीबाट ३-३ गोल भएपछि खेलको निर्णय पेनान्टी सुटआउटबाट लिइएको थियो ।
निर्धारित समयमा सम्राटका नितेश लिम्बू, सन्दीप लिम्बू र छविलाल ठकुरीले गोल गर्नुभयो । चार तारेका सागर तिवारीले हृयाट्रिक गर्नुभयो ।
चार तारेका सागर तिवारी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो । चार तारेकै भरत मगर उत्कृष्ट गोलकिपर, सम्राटका सन्दीप लिम्बू उत्कृष्ट रक्षक, मोतीरामका प्रसिद्ध राई उत्कृष्ट मिडफिल्डर, सम्राटका छविलाल ठकुरी उत्कृष्ट फरवार्ड र सम्राटकै कोमल खवास उत्कृष्ट प्रशिक्षक घोषित हुनुभयो । मोरङ जिल्लाका १० क्लब सम्मिलित लिगका खेलहरू विराटनगर र बेलबारीमा सञ्चालन भएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच