०८४ को निर्वाचनको चिन्ता होइन देश र जनताले जित्ने कुरामा काँग्रेसलाई चिन्ता छ : महामन्त्री शर्मा

फाइल तस्वीर

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 3 mins

पाल्पा । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश र जनताले जित्ने कुरामा काँग्रेसको चिन्ता रहेको बताउनुभएको छ ।

सोमबार नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्रीय सम्मेलनलाई पाल्पाको रामपुरमा सम्बोधन गर्दै महामन्त्री शर्मा ०८४ को निर्वाचन काँग्रेसको चिन्ताको विषय नभए भन्दै देश र जनताको काम गर्ने एक मात्र चिन्ता रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो ‘काँग्रेस जिम्मेवार दल हो, त्यसैले चुनावको चिन्ता लिन्न, भष्ट्रचार विरुद्धको अभियानबाट देश र जनताको पक्षमा काम गर्ने कुरामा हाम्रो चिन्ता हो ।’ चुनावको चिन्ता गरेर काँग्रेस नबस्ने महामन्त्री शर्माले चिकिर गर्नुभयो । उहाँले आज काँग्रेसको चिन्ता ०८४ मा बहुुमत ल्याएर जित्ने हैन, देश र जनताको काम गर्ने रहेको उल्लेख गर्नुभयो ।

समाजले जित्ने र जनताले जित्ने कुरा मात्र काँग्रेसले गर्छ महामन्त्री शर्माले भन्नुभयो‘ काँग्रेस एक्लैले जित्ने कुरा गर्दैन, देश र जनताले जित्नुपर्छ भन्ने कुरामा काँग्रेस चिन्तित छ ।’ देश अहिले भष्ट्रचारमा लिप्त छ, अर्थतन्त्रमा समस्यामा छ, यस्तो अवस्थामा सबैले सोच्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

केन्द्रीय कार्यसमिति बैठकले गाउँ, वडा, टोल तहमा मानवीय सेवाका कामलाई व्यवस्थित गर्न सेवा दल गठन गर्ने निर्णय गरेको पनि उहाँले बताउनुभयो । ‘ती सेवा दलले त्यस क्षेत्रमा मानवीय सेवाका विभिन्न गतिविधि गर्छन्, जनताको सुखदुखमा साथ दिन्छन्’ उहाँले भन्नुभयो । अदालतमा जाने मुद्दाहरुलाई अध्यारो कोठामा बसेर समाधान गर्न गाउँ सेवा दल गाउँ, टोलसम्म पु¥याउने गरी काम गर्न महामन्त्री शर्माले काँग्रेस पाल्पालाई आग्रह गर्नु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?