पोखरा । गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता आज (बुधबार)देखि सुरु हुने भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र जिल्ला खेलकुद विकास समिति बागलुङको व्यवस्थापनमा आजदेखि बागलुङमा प्रदेशस्तरीय महिला/पुरुष ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो ।
जिल्ला खेलकुद विकास समिति बागलुङले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले प्रतियोगितामा गण्डकी प्रदेशका नौ जिल्लाले सहभागिता जनाउने जानकारी गराउनुभयो । उहाँले कास्कीबाट चार पुरुष र दुई महिला तथा बागलुङ, म्याग्दी, पर्वत, मुस्ताङ, स्याङ्जा, मनाङ, लमजुङ, तनहुँ, गोरखा र नवलपुरबाट समान तीन पुरुष र दुई महिला खेलाडीहरूले प्रतियोगितामा सहभागिता जनाउने बताउनुभयो ।
प्रतियोगिताबाट आगामी मंसिर महिनामा कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशबाट सहभागिता जनाउने सात पुरुष र पाँच महिला खेलाडी छनोट गरिनेछ । ब्याटमिन्टनमा पाँच इभेन्टको प्रतिस्पर्धा हुने भए पनि प्रतियोगितामा महिला र पुरुष सिंगल इभेन्टका मात्र खेल हुने बागलुङ ब्याडमिन्टन संघका अध्यक्ष राजिन खड्काले जानकारी गराउनुभयो ।
जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष खड्काले प्रतियोगितामा ६ स्वर्ण, ६ रजत र १२ कांस्य पदकका लागि प्रतिस्पर्धा हुने बताउनुभयो । प्रतियोगिता बिहीबारसम्म सञ्चालन हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच