![दोस्रो संस्करणको डाइमण्ड म्युजिक अवार्ड सम्पन्न](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/Diamond-award-winner.jpg)
काठमाडौं । चलचित्र ‘सतीदेवी’ पूर्वघोषित मिति (साउन ४ गते)बाट झण्डै एक महिना पछाडि सरेर आगामी भदौ ७ गतेलाई चलचित्रको नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण कम्पनी दिलासा क्रिएशनले सोमबार विज्ञप्ति जारी गर्दै केही प्राविधिक कारणले गर्दा चलचित्रको प्रदर्शन मिति हेरफेर गरिएको जनाएको हो ।
लक्ष्मण सुवेदीको निर्देशन रहेको यो चलचित्रमा मालिका महत, हर्षिका वली, मञ्जिला बानियाँ, सिर्जना अधिकारी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, मनिषा सापकोटा, भोलाराज सापकोटा, सन्देश लिम्बुलगायतका कलाकारको अभिनय छ । चलचित्रले केही फेष्टिभलमा अवार्डसमेत जितिसकेको छ ।
विशाल सुवेदी र श्रीदेवी सुवेदी निर्माता रहेको चलचित्रले वंश धान्नका लागि छोरा चाहिन्छ भन्ने पितृसतात्मक सोचलाई प्रश्न गरेको छ । दिलासा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको ‘सतीदेवी’मा निर्देशक सुवेदी स्वयंको स्क्रिप्ट लेखन तथा निर्माण छ भने बाबु श्रेष्ठले छायांकन, दीपक शर्मा र सुवास भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी छ । चलचित्रको वितरण काठमाडौं उपत्यकामा ऋच इन्टरटेन्टमेन्ट र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच