![पाठकमाझ प्रकाशको ‘एन्टिथेसिस’](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/prakash.jpg)
भरतपुर । २११औं भानु जयन्तीको अवसरमा चितवन साहित्य परिषद्ले स्रष्टाहरूलाई सम्मान गर्ने भएको छ । परिषद्ले प्रेस विज्ञप्ति जारी गर्दै असार २९ गते शनिबार नारायणी कला मन्दिरको सभाहलमा तीनजना स्रष्टाहरूलाई सम्मान तथा पुरस्कार अर्पण गर्न लागेको हो ।
कार्यक्रममा चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कार उदयपुरका भवानी खतिवडा, चिसाप वामदेव-लक्ष्मी साहित्य पुरस्कार काठमाडौंका प्रा.पुरुषोत्तम दाहाल र चिसाप प्रतिभा पुरस्कार चितवनका धनराज गिरीलाई प्रदान गर्न लागिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
चितवनको गौरव र गरिमामय साहित्यिक संस्था चिसापाले नेपाली भाषासाहित्यको उत्थानमा अमूल्य योगदान पुर्याएका युग पुरुषहरूको तिथिमितिको अवसर पारेर नेपाली भाषासाहित्यको श्रृवृद्धिमा अनवरत लागिरहने स्रष्टाहरूलाई विभिन्न पुरस्कार समर्पण गर्दै आइरहेको छ । प्रा.दाहाल हिमालय टाइम्सका प्रधान सम्पादक हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच