![जोखिम मोलेर नदीले बगाएर ल्याएका काठ दाउरा निकाल्दै स्थानीय](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/kathadaura-khola.jpg)
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले नयाँ समीकरण अनुसार बन्ने कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने निर्णय गरेको छ ।
बबरमहलस्थित पार्टी कार्यालयमा बसेको लोसपा नेपालको पदाधिकारी बैठकले सो निर्णय गरेको महासचिव मनिष मिश्रले बताउनु भयो ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलवार पुरानो गठबन्धनमा रहेका दलहरूसँग छलफल गर्नुभएको थियो ।
सो विषयबारे छलफलमा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले ब्रिफिङ गर्नु भएकाे मिश्रले बताउनु भयाे ।
‘संविधान संशोधनको विषयमा कुरा भएको थियो । संविधान संशोधन के के विषयमा गर्ने त्यसलाई पहिचान गर्नका लागि एउटा समिति बनाउने र त्यो समितिले दिने रिपोर्टका आधारमा संविधान संशोधन गर्ने कुरा सभापति देउवाले राखेको अध्यक्ष ठाकुरले जानकारी गराउनु भयो’ उहाँले भन्नुभयो ।
समितिले प्रतिवेदन तयार गरिसकेपछि त्यसको बारेमा गठबन्धनमा पनि छलफल हुने र त्यसको आधारमा अगाडि बढ्ने उहाँले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच