काठमाडौं । यू-२० पुरुष टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त हुनुभएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फाका महासचिव किरण राईले बुधबार श्रेष्ठलाई नियुक्ति पत्र हस्तान्तरण गर्नुभएको हो । राईले सहायक प्रशिक्षक र गोलकिपिङ प्रशिक्षकमा नियुक्त हुनुभएका शशिन्द्र धिमाल र राजु सिंहलाई पनि पत्र हस्तान्तरण गर्नुभएको छ ।
कोचिङ टोलीले आगामी अगस्ट १६ देखि २८ सम्म काठमाडौंमा आयोजना हुने साफ यू-२० च्याम्पियनसिपका लागि राष्ट्रिय टोलीको तयारी गरिरहेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अहिले प्रतियोगिताका लागि खेलाडी छनोट भइरहेको छ । केन्द्रीय छनोटमा करिब चार सय खेलाडी सहभागी हुनेछन् । श्रेष्ठले यू-१७ टोलीको प्रशिक्षण सम्हालिसक्नुभएको छ । यसैगरी उहाँसँग ब्रिगेड ब्वाइज, फ्रेण्ड्स जस्ता क्लबको प्रशिक्षण सम्हालेको अनुभव पनि छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच