![जोशीलाई ‘कौसी क्वीन’ उपाधि](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/pusraskar.jpg)
काठमाडौं । चलचित्र ‘तै चुप मै चुप’ को निर्माण घोषणा गरिएको छ । चलचित्रका कलाकार एवं निर्माता सन्तोष अधिकारीको शुभ जन्मोत्सवको अवसर पारेर उक्त चलचित्रको घोषणा गरिएको हो । सन्तोष अधिकारी फिल्मसको व्यानर एवं अस्याप इन्टरटेन्मेन्ट नेपाल र अष्ट्रेलियाको निर्माण सहकार्यमा निर्माण घोषणा गरिएको यो चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गर्दै हुनुहुन्छ । चलचित्रमा स्कृप्ट मनिष गौतमको छ ।
चलचित्रको काठमडौं र पोखरामा छायांकन गरिने निर्माण पक्षले जनाएको छ । पोलिटिकल सस्पेन्स कथा रहेको यो चलचित्रमा समसामयिक राजनीतिक घटनाक्रमहरूलाई कमेडी ढंगले प्रस्तुत गरिने निर्देशक लामिछानेले जानकारी गराउनुभयो । चलचित्रमा आशिष थापामगर र प्रतिमा थापाको लगानी रहनेछ भने चलचित्रको सम्पूर्ण मार्केटिङ र ब्रान्डिङ आईडिया पिक्सेलका तर्फबाट पवनराज जोशीले गर्नुहुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच