काउण्टर साइक्लिकल बफर कार्यान्वयनमा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक र विकास बैंकहरूलाई काउण्टर साइक्लिकल बफर कार्यान्वयन गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले शुक्रबार एकीकृत निर्देशन जारी गर्दै यस्तो निर्देशन दिएको हो । हाल बैंकहरूले प्राथमिक पुँजी कोष साढे आठ प्रतिशत र सहायक पुँजी कोष साढे दुई प्रतिशत गरी ११ प्रतिशत पुँजी कोष कायम गर्दै आएको काउण्टर साइक्लिकल बफर कार्यान्वयनपछि पुँजी थप्नुपर्नेछ ।

‘क’ वर्गका वाणिज्य बैंक र ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकले क्यापिटल एडुक्वेसी फ्रेमवर्क २०१५ बमोजिम र ‘ख’ वर्गका राष्ट्रियस्तर बाहेकका र ‘ग’ वर्गका इजाजत प्राप्त वित्तीय संस्थाले क्यापिटल एडुक्वेसी फ्रेमवर्क काउण्टर साइक्लिकल बफर कायम गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ । हाल काउण्टर साइक्लिकल बफरअनुसार ११ प्रतिशत कायम गर्दै आएको पुँजी कोष अनुपातमा अतिरिक्त २.५ प्रतिशत पुँजी थप्नुपर्र्ने हुन्छ ।

कर्जाको जोखिम भार व्यवस्था संशोधन
नेपाल राष्ट्र बैंकले सेयर, घरजग्गा र सवारी कर्जाको जोखिम भारसम्बन्धी व्यवस्थामा संशोधन गरेको छ । केन्द्रीय बैंकले शुक्रबार एकीकृत निर्देशन २०७९ मा संशोधन गर्दै सो सम्बन्धमा वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीलाई परिपत्र गरेको हो । चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिमा सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरवलोकन गर्ने उल्लेख छ । सोहीअनुसार केन्द्रीय बैंकले निर्देशिका संशोधन गरेको हो ।

सेयर धितोको २५ लाखभन्दा माथिको कर्जामा १५० प्रतिशत जोखिम भार रहेकोमा संशोधन गरेर ५० लाखभन्दा माथिको सेयर धितोमा १५० प्रतिशत जोखिम भार रहने व्यवस्था गरिएको छ । त्यस्तै, २५ लाखसम्मको सेयर धितो कर्जामा शतप्रतिशतसम्म जोखिम भारको व्यवस्था रहेको ५० लाखसम्मको सेयर धितो कर्जामा शतप्रतिशतसम्म जोखिम भार गणना गर्ने व्यवस्था गरिएको छ ।

नयाँ व्यवस्थाअनुसार २५ लाखसम्मको व्यक्तिगत सवारी कर्जामा जोखिम भार १५० प्रतिशतसम्म लागू हुनेछ । विभिन्न संस्था तथा विकास आयोजनाको जग्गा प्राप्तिका लागि जग्गा धितो कर्जामा शतप्रतिशतसम्म जोखिम भार कायम हुनेछ भने २५ लाखभन्दा माथिको व्यक्तिगत सवारी कर्जामा पनि शतप्रतिशतसम्म जोखिम भार गणना हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?