एनआइसी एसिया बैंकका तीन कर्जा योजना

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एनआइसी एसिया बैंकले अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट सेयर धितो कर्जा गरी तीन कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले न्यूनतम २५ लाखदेखि अधिकतम १२ करोडसम्मको अठोट घर कर्जा योजना ल्याएको हो । २५ वर्षसम्मको कर्जा अवधि रहेको अठोट घर कर्जा ग्राहकले आकर्षक तथा न्यूनतम ब्याजदरमा उपयोग गर्न सक्ने बैंकले जनाएको छ ।

योजनाअन्तर्गत ग्राहकले निजी आवासीय घर खरिद गर्न, निजी आवासीय अपार्टमेन्ट खरिद गर्न, निजी आवासीय घर निर्माण गर्न, निजी आवासीय घर मर्मत तथा तला थप्न र निजी आवासीय घर निर्माण गर्न जग्गा खरिद गर्न यस्तो कर्जा सुविधा उपयोग गर्न सक्नेछन् । साथै अन्य बैंक तथा वित्तीय संस्थामा रहेको व्यक्तिगत आवासीय घरकर्र्जा एनआइसी एसिया बैंकको अठोट घर कर्जामा स्वापः गर्न सकिने व्यवस्थासमेत बैंकले गरेको छ ।

त्यस्तै, व्यवसाय सञ्चालन तथा विस्तार गर्न अठोट साना व्यवसाय कर्जामा न्यूनतम २५ लाखदेखि अधिकतम पाँच करोडसम्म कर्जा उपलब्ध हुनेछ । अधिकतम १५ वर्ष अवधिको कर्जामा आकर्षक तथा न्यूनतम ब्याजदर कायम गरिएको बैंकले जनाएको छ ।

साना तथा मझौला व्यवसाय तथा कृषि व्यवसाय लक्षित गरी ल्याएको यस कर्जाअन्तर्गत लगानीकर्ताले सञ्चालित वा नयाँ व्यवसायको अल्पकालीन वा दीर्घकालीन लगानी आवश्यकताका लागि कर्जा उपयोग गर्न सक्ने बताइएको छ ।

त्यसैगरी न्यूनतम ५० लाखदेखि अधिकतम १२ करोडसम्मको अठोट सेयर धितो कर्जाको हकमा समेत आकर्षक तथा न्यूनतम ब्याजदर लाग्नेछ भने एक वर्षको भुक्तानी अवधि रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?