काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको संयुक्त आयोजनामा काठमाडौंमा ‘चलचित्र साहित्य र नेपाली सन्दर्भ’ विषयक अन्तक्र्रिया भइको छ । कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, नेपाली विभागका प्रध्यापक डा.अशोक थापाले कार्यपत्र प्रस्तुत गर्दै चलचित्र सहित्यको बेग्लै विधा हो भन्ने मान्यतालाई स्थापित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । ‘चलचित्र कलाको आधुनिक माध्यम हो । समाज रूपान्तरणका निम्ति चलचित्रको भूमिका महत्वपूर्ण रहन्छ । प्राविधिक पक्षले गर्दा चलचित्रले धेरै कुरा एकै पटक देखाउन सकिन्छ । पछिल्लो समय चलचित्र समाजको एउटा अभिन्न अंग बन्न पुगेको छ,’ उहाँले भन्नुभयो ।
कार्यपत्रमाथि वरिष्ठ अभिनेता तथा निर्देशक नीर शाहले साहित्य र कला मानव सभ्यताको विकाससँगै जोडिएको कुरा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको अवस्थामा कला र साहित्यलाई हेर्ने दृष्टिकोण गलत छ, हामीले बदल्नुपर्छ । कला र साहित्यले मान्छेको समवेदनासँग निकट सम्बन्ध राख्छ । चलचित्र पनि मानवीय संवेदनासँग जोडिएको एउटा पाटो हो । पटकथा चलचित्र साहित्यको मूल अंश रहेको भन्दै शाहले विश्व बजारका धेरै प्रसिद्ध चलचित्रहरूको आधार साहित्य नै भएको जिकिर गर्नुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रज्ञा प्रतिष्ठानले चलचित्रको बहसमा एउटा माहोल सिर्जना गर्ने प्रयत्न गरेको सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘चलचित्र आफैं साहित्य हो । चलचित्र प्रविधिसहितको साहित्य हो । चलचित्रमा साहित्यका मूलविधाका सबै विधा समेटिएका कारण चलचित्र साहित्य फरक पनि छ ।’ कार्यक्रमा कार्यपत्रमाथि टिप्पणी गर्दै गीतकार तथा सञ्चारकर्मी भुपेन्द्र खड्काले कार्यपत्रले चलचित्रको इतिहास उजागर गरेपनि चलचित्र साहित्यको नेपाली सन्दर्भसँगको सम्बन्ध प्रष्ट पार्न नसकेको जिकिर गर्नुभयो ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव डा.धनप्रसाद सुवेदी, नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठक, कलाकार सुवास गजुरेल, पत्रकार विजयरत्न तुलाधार, अभिनेत्री विमला केसीलगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच