यस्तो छ तपाईंको असोज ५ गते शुक्रबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० असोज ५ गते शुक्रबार, ई.सं. २२ सेप्टेम्बर, २०२३ । तिथि- भाद्र शुक्लपक्ष सप्तमी, ०९ः०५ बजेपछि अष्टमी, नक्षत्र- ज्येष्ठा, १२ः२९ बजेपछि मूल, योग- आयुष्मान्, करण- वणिज, चन्द्रराशि- वृश्चिक, सूर्योदय ५ः५२ सूर्यास्तः १७ः५९ ।

मेष : खर्चिलो कामले ऋणभार बढाउन सक्छ ।

वृष : अरूको विचारमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ ।

मिथुन : संघर्षको दौडमा प्रतिस्पर्धीहरू पछि पर्नेछन् ।

कर्कट : कामबाट नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिनेछ ।

सिंह : परिश्रमको तुलनामा न्यून कर्मफल प्राप्त हुने समय छ ।

कन्या : पद तथा जिम्मेवारी प्राप्त हुने बलियो सम्भावना छ ।

तुला : सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ ।

वृश्चिक : मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ ।

धनु : स्थायी भन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ ।

मकर : ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला ।

कुम्भ : मिहिनेतले सफलताको उचाइमा पुर्‍याउनेछ ।

मीन : आत्मविश्वास र दृढसंकल्पले लक्ष्यप्राप्ति हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?