झापाको बुद्धशान्तिमा गोठमा आगलागी हुँदा अन्नपात जलेर नष्ट

सांकेतिक तस्बिर

राजेन्द्र गौतम झापा, संवाददाता
Read Time = 1 min

झापा । झापा बुद्धशान्ति गाउँपालिका-२ जयपुरका मनरथ पोखरेलको गोठमा गएराति आगलागी भएको छ । चट्याङका कारण विद्युत चुहावट हुँदा आगलागी भएको हो ।

आगलागीबाट पोखरेलको टिनको छानो भएको गोठ पूर्ण रूपमा जलेको छ । गोठमा भण्डारण गरी राखिएको ३० मन मकै, ३० क्युफिट सखुवाको काठ, कुटीकाट्ने मेसिन, त्यसमा जडान गरिएको मोटर, पराल र अन्य सामग्री जलेर खरानी भएको छ ।

आगो मेचीनगर र बिर्तामोड नगरपालिकाका दुईवटा बारुणयन्त्र, प्रहरी र स्थानीयको संयुक्त प्रयासमा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण आएको छैन । क्षतिको विवरण संकलन भइरहेको बुधबारे प्रहरीले जनाएको छ ।

गोठमा आगो सल्किएको समयमा नै थाहा भएकोले चौपाया र मानवीय क्षति हुनबाट जोगिएको पीडित पोखरेलले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?