काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार छापावाला सुन बुधबार प्रतितोला रु एक लाख ४२ हजार सात सयमा कारोबार भएकोमा आजका लागि भने रु एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ ।
यसैगरी, तेजाबी सुन बुधबार प्रतितोला रु एक लाख ४२ हजारमा कारोबार भएकामा सोही परिमाणको तेजाबी सुन आजका लागि रु एक लाख ४३ हजार छ सय तोकिएको छ ।
यसैगरी, चाँदीको मूल्य तोलामा रु ४० ले बढेको छ । बुधबार प्रतितोला रु एक हजार आठ सय २५ मा कारोबार भएको चाँदीको मोल आजका लागि भने रु एक हजार आठ सय ६५ निर्धारण भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच