सुनको मुल्य घट्यो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अघिल्लो हप्ता आकासिएको सुनको मुल्य लगातार घटिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सार्वजनिक गरेको मुल्य सुची अनुसार तेस्रो दिन पनि सुनको मूल्य घटेको छ ।

महासङ्घका अनुसार आज सुनको मुल्य तोलामा ७०० रुपैयाँले घटेको हाे ।

जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ७५० रुपैयाँ कायम भएको छ ।  सोमवार मात्रै छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

गत हप्ताको अन्तिम शुक्रबारको तुलनामा आइतबार मात्रै एकै दिन १३ सय रुपैयाँले मूल्य घटेर कारोबार गरेको थियो  ।

सुनको मूल्य लगातार तेस्रो दिन गिराबट आए पनि चाँदीको मूल्य भने स्थिर रहेको छ । जसअनुसार आज चाँदीको मूल्य तोलामा १४ सय १० रुपैयाँ कायम भएको ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?