म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले ७० वर्षभन्दा माथिको उमेर समूहलाई लक्षित गरेर जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच र उपचारका लागि सुरुगरेको ‘घरघरमा स्वास्थ्यकर्मी’ कार्यक्रमबाट एकहजार सातसय जेष्ठ नागरिक लाभान्वित भएका छन् ।
नगरका प्रत्येक वडाका घरघरमै स्वास्थ्यकर्मी पुगेर उपचार गर्ने कार्यक्रमबाट ज्येष्ठनागरिकसँगै अन्य सर्वसाधारण पनि लाभान्वित भएका हुन् ।
ज्येष्ठनागरिक, शारीरिक रुपमा अपाङ्गता र अशक्त तथा दीर्घ रोगीहरुलाई लक्षित गरेर सञ्चालित ‘घरघरमा स्वास्थ्यकर्मी’ कार्यक्रम प्रभावकारी बनेको छ बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताउनुभयो ।
वि.सं. २०७९ साल वैशाख ३० गते सम्पन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनबाट बेनी नगरपालिकाको प्रमुखमा सुरत केसी र उपप्रमुखमा ज्योति लामिछानेसहितको नयाँ टिम निर्वाचित भएर आएपछि नगर क्षेत्रभित्र रहेका ज्येष्ठनागरिकलाई लक्षित गरेर घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालन गरिएको हो । नगर प्रमुख केसीले आफू निर्वाचित भएपछि पदभारग्रहण गर्ने क्रममा नै पहिलो निर्णय ज्येष्ठनागरिकको घरघरमा स्वास्थ्यकर्मी परिचालन गर्ने कार्यक्रम घोषणाका लागि हस्ताक्षर गर्नुभएको थियो ।
वि.सं. २०७८ सालको जनगणनाअनुसार घरधुरी संख्या आठ हजार, छ सय ५२ रहेको म्याग्दीको बेनी नगरपालिकामा कुल जनसंख्या भने ३२ हजार छ सय ९७ रहेको छ ।
यसमध्ये पुरुष १५ हजार, तीन सय ६१ र महिला १७ हजार, तीनसय ३७ जना छन् । यस नगरपालिका कुल ७६ दशमलव २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । १० वटा वडा रहेको बेनी नगरपालिका क्षेत्रमा यो कार्यक्रम ७ र ८ नम्बर वडा बेनीबजारबाहेक अन्य वडामा नियमित रुपमा सञ्चालन भैरहेको छ । प्रत्येक महिनाको एकपटक बेनीका स्वास्थ्य संस्थाहरुबाट स्वास्थ्यकर्मीहरु घरघरमा पुग्छन् ।
घरघरमा स्वास्थ्यकर्मी कार्यक्रमको उद्देश्य रोग तथा स्वास्थ्य समस्याको समयमा नै पहिचान गरी ज्येष्ठनागरिकको उपचारमा लाग्ने खर्च घटाउने, प्रत्येक महिना ज्येष्ठनागरिकको स्वास्थ्यलाई निगरानी गरी हेल्थ प्रोफाइल तयार गर्ने, घरघरमा पुगेर ७० वर्षभन्दा माथिका र
चालु आर्थिक वर्ष २०८०/०८१ मा यस कार्यक्रम कार्यान्वयन गर्नका लागि कुल आठलाख ८० हजार रुपैयाँ बजेट विनियोजन गरी कार्यक्रम सञ्चालन भैरहेको छ । यस कार्यक्रमबाट ७० वर्षभन्दा माथिका ज्येष्ठनागरिक र अशक्त बिरामीहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका बेनी नगरपालिकाको जनस्वास्थ्य अधिकृत चन्दन सुवेदीले जानकारी दिनुभयो ।
घरघरमा स्वास्थ्यकर्मीहरु परिचालन भएपछि हिँडडुल गर्न नसक्ने, ज्येष्ठनागरिक र अशक्तले घरमै उपचार सेवा पाएको हुँदा स्वास्थ्य अवस्थामा सुधार आएको बेनी नगरपालिकाले जनाएको छ । बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले ज्येष्ठ नागरिकहरुलाई कम्तीमा पनि स्वास्थ्यकर्मीको पहुँचमा पु¥याउनको लागि घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालन गरिएको हुँदा यसबाट करिब १७ सयजना ज्येष्ठनागरिकहरु प्रत्यक्ष रुपमा लाभान्वित बनेको बताउनुभयो ।
नगरपालिकाले सञ्चालन गरेको यो कार्यक्रम अत्यन्त प्रभावकारी र अति आवश्यक रहेको भन्दै नगरवासीले समेत प्रशंसा गरेका छन् । घरघरमै आएर आफूहरुको स्वास्थ्य चेकजाँच गरेको, औषधी खाए नखाएकोबारे सोध्ने गरेका बेनी नगरपालिका २ का ८९ वर्षिय बेदप्रसाद उपाध्यायले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच