
वासिङ्टन डिसी । अमेरिकामा भइरहेको कोपा अमेरिका २०२४ को नकआउट चरणको खेलमा अतिरिक्त समय थप नहुने भएको छ । नकआउट चरणमा निर्धारित ९० मिनेटको खेल बराबरी भएमा खेल सिधै पेनाल्टी सुटआउटमा जानेछ । अन्य प्रतियोगितामा निर्धारित समयमा बराबरी हुँदा ३० मिनेटको अतिरिक्त समयमा खेलाइन्छ र त्यसमा बराबरी भएमात्र पेनाल्टी सुटआउटमा जान्छ । तर, कोपामा भने ९० मिनेटको खेल बराबरी भएमा सिधै पेनाल्टी हुनेछ । तर, कोपाको फाइनल खेलमा भने निर्धारित समयमा बराबरी भएमा अतिरिक्त समय थपिनेछ ।
त्यसमा पनि बराबरी भएमा खेल पेनाल्टी सुटआउटमा पुग्नेछ । साबिक विजेता अर्जेन्टिनासहित क्वाटरफाइनल पुग्न आठवटै टोलीको टुंगो लागिसकेको छ । क्वाटरफाइनलमा अर्जेन्टिनाले इक्वेडर, भेनेजुएलाले क्यानडा, कोलम्बियाले पानामा र उरुग्वेले ब्राजिलसँग खेल्नेछ । आयोजक अमेरिका र मेक्सिको भने यस समूह चरणबाटै बाहिरिएका छन् ।
कोपा–अमेरिकाको सुरुवाती संस्करणहरूमा दक्षिण अमेरिकी राष्ट्रहरूले मात्र प्रतियोगितामा सहभागिता जनाउँथे । प्रतियोगिताको चौथो संस्करण सन् १९२० मा चिलीमा आयोजना भएको थियो । त्यो प्रतियोगितामा चारवटा टोली सहभागी थिए । कोपा-अमेरिकाको त्यो संस्करणमा ब्राजिलका एक व्यक्तिले दुईवटा भूमिका निर्वाह गरेका थिए ।
त्यो संस्करणमा ब्राजिलका जाओ डे मारिया खेलाडीका रूपमा ब्राजिलको टोलीमा सहभागी हुनुभएको थियो । खेलाडीका रूपमा पनि उहाँले डिफेन्डर र स्ट्राइकर दुवैको भूमिका निर्वाह गर्नुभएको थियो ।
कोपा-अमेरिकाको त्यही संस्करणमा उहाँले रेफ्रीको भूमिका पनि निर्वाह गर्नुभएको थियो । अर्जेन्टिना र चिलीबीच सेप्टेम्बर २० तारिखमा खेलिएको खेलमा उहाँले रेफ्रीको भूमिका निर्वाह गर्नुभएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच