![गीतकार अधिकारी बुझ मायालु, यस्तै रहेछ भाग्य र यसपालिको तिज सार्वजनिक](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/adhikari-tij-geet.jpg)
काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
राईको अध्यक्षतामा शुक्रवार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने र वर्तमान सरकारको प्रतिपक्षमा बस्ने निर्णय गरेको हो ।
साथै जसपाले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई पत्राचार गर्दै आफ्नो दलले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको र प्रतिपक्षमा बस्ने जानकारी गराएको छ । संसदीय दलका नेता राईले प्रधानमन्त्री प्रचण्ड र सभामुखलाई समर्थन फिर्ता लिएको पत्र पठाउनु भएको छ ।
राई नेतृत्वको जसपाबाट प्रचण्ड नेतृत्वको सरकारमा अहिले स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा प्रदिव यादव, वन तथा वातावरणमन्त्री नवलकिशोर साह र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हसिना खान मन्त्री हुनुहुन्छ । उहाँहरुले पनि आजै बालुवाटार गएर प्रधानमन्त्रीलाई राजीनामा बुझाउने तयारी रहेको बुझिएको छ ।
यता प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भने असार २८ गते विश्वासको मत लिनुहुने भएको छ ।
समर्थन फिर्ता लिएर नेकपा एमाले सरकारबाट बाहिरिएपछि प्रचण्डले पाँचौंपटक विश्वासको मत लिन लाग्नुभएको हो ।
उहाँले संघीय संसदका महासचिवलाई पत्र लेखेर २८ गतेको संसद बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच