
मुगु । हिमाली जिल्लाहरू मुगु, जुम्ला र हुम्लामा वर्षाले गर्दा चार दिनदेखि हवाई सेवा अवरुद्ध हुँदा यात्रुहरू मर्कामा परेका छन् ।
करिब एक साता अघिदेखि निरन्तर वर्षा हुन थालेपछि मुगु , जुम्ला र हुम्लाका उडान अवरुद्घ हुँदा समयमा नै विभिन्न ठाउँमा जाने यात्रुहरू गन्तब्यमा पुग्न नपाउँदा यात्रुहरु मर्कामा परेका हुन् ।
तीन दिनदेखि हवाइ जहाजको प्रतिक्षामा रहेका पत्रकार हरीकृष्ण ऐडी प्लेन नआउने वातावरण बुझे पछि शुक्रवार मौसम बिग्रेको बेला आफुले जोखिम मोलेर भएपनि गाडीमा काठमाडौं जानू परेको बताएका छन् ।
तीन दिनदेखि प्लेन कुरे तर मौसममा सुधार आउने अवस्था नदेखेपछि आफू सतही मार्ग भएर पनि कामले गर्दा बाध्य भएर हिड्नु परेको ऐडीले बताउनु भयो ।
निरन्तरको वर्षाले चार दिन देखि नेपालगन्जबाट हवाई उडान नभएको रारा नागरिक उड्डयन कार्यालयका प्रमुख श्रीकृष्ण रिजालले बताउनु भयो । उहाका अनुसार उडान बन्द भएपछि मुगुदेखि नेपालगन्ज, सुर्खेत, काठमाडौंतर्फ जाने यात्रु र नेपालगन्ज सुर्खेतबाट मुगुतिर आउने यात्रु विमानस्थलमै रोकिनु पर्ने अवस्था उत्पन्न भएको छ भने शनिवार पनि मौसम बिग्रेका कारण उडान हुने सम्भावना न्यून छ ।
हवाई सेवा अवरुद्ध भएपछि यात्रुहरु जोखिम मोलेर कर्णाली राजमार्गबाट आउजाउ गर्न बाध्य भएका छन् । हुम्लामा पनि वर्षाले तीन दिनदेखि हवाई सेवा अवरुद्ध छ । खराब मौसमका कारण बुधबार देखि हवाई सेवा अवरुद्ध भएको नागरिक हवाई उड्डयन कार्यालय सिमकोटका प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी गराउनु भयो ।
हवाई सेवा अवरुद्ध भएपछि यात्रु मर्कामा परेका छन् । नेपाल कै प्रमुख पर्यटकिय क्षेत्र रारा घुम्न आउने पर्यटकहरु रारा विमानस्थलबाट हवाइ यात्रा गर्ने गर्दछन । यो विमान स्थलमा निजि तथा सरकारि स्वामित्वको बिमानहरुले दैनिक ३र४ हवाइ उडान गर्दै आएको रारा नागरिक उड्डयन कार्यालय ताल्चले जनाएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच