
काठमाडौं । उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ । जारी कोपा अमेरिकाको क्वाटरफाइनलमा उरुग्वेले ब्राजिललाई पेनाल्टी सुट आउटमा ४–२ गोलले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।
निर्धारित ९० मिनेटको खेलमा दुवै देशले कुनै गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
यस खेलको ७४औ मिनेटमा उरुग्वेका नाहितान नानडेजले रातो कार्ड पाएपछि उरुग्वे १० खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि उरुग्वेले सेमिफाइनलमा कोलम्बियाको सामना गर्ने भएको छ । त्यस्तै हारसँगै ब्राजिलको कोपा अमेरिकाको यात्रा सकिएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच