
वासिङ्टन डिसी । उपाधि दाबेदार ब्राजिल कोपा अमेरिका २०२४ को क्वाटरफाइनलबाट नै बाहिरिएको छ । उपाधि दाबेदार मानिएको ब्राजिल घर फर्किएको खेलसँगै कोपा अमेरिकाको क्वाटरफाइनल खेल सकिएको छ । अमेरिकाको फिनिक्समा भएको खेलमा उरुग्वेले टाइब्रेकरमा जित हासिल गर्दा ब्राजिल बाहिरिएको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा लिइएको थियो ।
टाइब्रेकरमा उरुग्वेले ४-२ को जित दर्ता गर्यो । ब्राजिलका लागि एडर मिलिसाओ र डग्लस लुइजले टाइब्रेकरमा गोल गर्न सक्नुभएन । उरुग्वेका कप्तान जोसे जिमिनेजले गोल गर्न नसके पनि अन्तिम प्रहारमा म्यानुएल उगार्टेले गोल गर्दै सेमिफाइनलमा स्थान पक्का गर्नुभएको हो ।
धेरैलाई लागेको थियो, यसपल्ट पनि कोपा अमेरिकाको फाइनलमा ब्राजिल र अर्जेन्टिनाकै भेट हुन सक्छ । तर, ब्राजिलको टिम क्वाटरफाइनल पार गर्न असफल रहृयो । अघिल्लो संस्करणको कोपा अमेरिका फाइनलमा ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको थियो । त्यसअघि कोलम्बियाले पानामालाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो । अब उरुग्वे र कोलम्बिया सेमिफाइनलमा खेल्नेछन् ।
अघिल्लो दिनमात्र अर्जेन्टिनाले इक्वेडर तथा क्यानडाले भेनेजुएलालाई पराजित गरेका थिए । यी दुवै पहिलो सेमिफाइनलमा खेल्नेछन् । सेमिफाइनलको टिकट पाएको उरुग्वेले आगामी बुधबार कोलम्बियासँग खेल्नेछ । लुइस स्वारेजको टिम निकै लयमा देखिएको छ । आइतबार बिहान पानामालाई ५-० गोलको फराकिलो अन्तरले पराजित गर्दै कोलम्बियाले अन्तिम ४ मा स्थान बनाइसकेको छ । सेमिफाइनलको अर्को खेलमा साबिक विजेता अर्जेन्टिनाले क्यानडासँग खेल्नेछ ।
भेनेजुएलालाई पेनाल्टी सुटआउटमार्फत् घर फर्काउँदै शनिबार क्यानडाले अर्जेन्टिनासँगको भेट पक्का गरेको हो । गत शुक्रबार बिहान इक्वेडरसँग निर्धारित समयमा गोलरहित बराबरीमा रोकिएको अर्जेन्टिना पेनाल्टी सुटआउटमा इमिलियानो मार्टिनेजको चुम्बकीय किपरिङका कारण क्वाटरफाइनल पार गर्न सफल भएको थियो । अब उसले यसअघि आफैंले हराएको टिमसँग खेल्नेछ । जारी प्रतियोगिताको समूह चरणमा अर्जेन्टिनाले क्यानडालाई २-० ले पराजित गरेको थियो । साबिक विजेतासँग बदला लिने क्यानडाका लागि सेमिफाइनल दोस्रो मौका हुनेछ । यद्यपि, अर्जेन्टिना क्यानडामाथि सहज जित निकालेर उपाधि भिडन्त पक्का गर्ने दाउमा हुनेछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच