काठमाडाैं । नेपाली काँग्रेस सांसद प्रतिमा गौतमले विपद् व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ ।
सोमवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले राज्य गम्भीर नहुँदा नागरिकले दुःख पाएको बताउनु भयो । उहाँले विपद्का कारण ठूलो जनधनको क्षति भएको बताउनु भयो । उहाँले गत सालका पीडितलाई राहत दिन नसक्दे यस वर्ष नागरिकले सोही कुराको दुःख व्यहोर्नुपरेको बताउनु भयो । उहाँले राज्य विपद्का लागि जहिले पनि तयारीका साथ बस्नुपर्ने बताउनु भयो । उहाँले विपद्का कारण भएको क्षतिबारे संसदलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।
उहाँले भन्नुभयो, ‘विपद्का कारण ठूलो जनधनको क्षति भएको छ । यो विपद् व्यवस्थापन गर्न सरकारले के गरिरहेको छ ? यो सदनलाई जानकारी गराउन म माग गर्न चाहन्छु । नेपालमा कुनैपनि समय विपद् आउनसक्ने सम्भावना रहेको मुलुक भएकाले नेपालको परिप्रेक्ष्यमा कहाँ यदी भन्ने भन्दा पनि कहिले आउँछ भन्नेकुरा प्रश्न गर्नुपर्छ । यो उच्च जोखिम रहेको क्षेत्र हो । बाढी पहिरोका बारेमा सांसदज्युहरुले उठाउनुभएका कुरा मनन गरेर सरकार अघि बढ्नुपर्छ । प्रत्येक वर्ष आउने वर्षालाई राज्यले महशुस नगरी काम गर्दा जनताले विपद्को सामना गर्नुपरेको छ ।’
सांसद गौतमले वर्षे विकासको रणनीतिबाट सरकार पछि हट्न आवश्यक रहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच