४ मंसिरलाई संघीय संसदको चुनाव तोकिनसक्ने प्रमुख निर्वाचन आयुक्त थपलियाको संकेत

फाइल तस्वीर

Read Time = 1 min

काठमाडौं । आगामी संघीय संसदको चुनाव आगामी मंसिर ४ गते हुन सक्ने निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले संकेत गर्नुभएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा आयुक्त थपलियाले आउने मन्त्रीपरिषद बैठकले निर्वाचनको मिति तोक्न सक्ने बताउँदै भन्नुभयो, ‘अबको मन्त्रिपरिषद् बैठकले मंसिर ४ को मिति घोषणा भए आश्चर्य हुने छैन ।’

निर्वाचन आयोगले एकै चरणमा चुनाव सम्पन्न गर्ने गरी मिति सिफारिस गरिसकेको उहाँको भनाइ छ । आयोगले यसअघि नै सरकारलाई निर्वाचनको मितिबारे सरकारलाई परामर्श दिइसकेको थपलियाले बताउनु भयो । उहाँले निर्वाचनको तयारीका सबै काम सुरु भइसकेको समेत बताउनु भयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले संघ र प्रदेशको निर्वाचन स्थानीय तह निर्वाचनभन्दा कम खर्चिलो हुन सक्ने बताउनु भयो । प्रमुख आयुक्त थपलियाले स्थानीय तह निर्वाचनमा आयोगले विगतभन्दा निकै ठूलो रकममा खर्च कटौती गरेकोसमेत बताउनु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?