
मुगु । कर्णाली प्रदेश सरकारबाट विकासका नाममा दुर्गम जिल्लाहरुमा विनियोजन हुने लागत स्टमेट सुगम अनुसार कै हुनाले विकास निर्माणमा समस्या हुने गरेको पाइएको छ ।
सोमवार सामाजिक विकास कार्यालयले आयोजना गरेको आफ्नो आर्थिक वर्ष २०८०–०८१ को वार्षिक समीक्षा गोष्टिमा कार्यालयबाट चालू आवमा सम्पन्न भौतिक पुर्वाधार विकासका काममा सुगमको बराबर लागत स्टमेट हुदा कार्यसम्पन्न गर्न कठिनाइ भएको बताइएको हो ।
चालू आवमा विधालय भवन निर्माण तर्फ सामाजिक विकास कार्यालय मुगुले जिल्लाका चार पालिकाहरुमा ५०/५० लाखको लागतमा ४ कोठे पक्की भवन निर्माण सम्पन्न गरेको थियो भने १०/१० लाखका विधालय घेरवार र शौचालय निर्माणका ७ योजना, १० लाखको विधालय आइसिटी १ र ४ लाखको खेल मैदान निमाणको १ योजना सम्पन्न गरेको थियो
।
कार्यालयको वार्षिक समीक्षा गोष्टिमा वर्षभरी कार्यालयले सम्पन्न गरेका विकास निर्माण,क्षमता विकास,छात्रावृद्धि तथा अन्य कार्यक्रमहरुको प्रस्तुती गर्दै सामाजिक विकास अधिकृत टोपबहादुर बुढाले मुगु जिल्लामा विकास निर्माणका काम गर्न कठिनाइ भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सुर्खेतमा बन्ने भवनको लागत र मुगुका दुर्गम बस्तिमा बन्ने भवनको लागत एउटै छ आवश्यकताले गर्दा स्थानिय जनता मारमा परेर भवन निर्माण गर्ने गरेका छन् कर्णाली प्रदेश सरकारले जिल्लागत अनुसार भौगोलिक कठिनाइ समेतलाई मध्यनजर गरि त्यहाँ निर्माण हुने भौतिक संरचनाको लागत स्टमेट फरक फरक निकाल्नु पर्छ । जिल्लामा डल्लो बजेट पठाएर लागत स्टमेटको जिम्मा जिल्लालाइ नै दिनुपर्छ ।’
जिल्लामा रहेका अन्य प्रदेश कार्यालयहरु आज असार २४ गते आर्थिक वर्षको हिसाब कितावमा व्यस्त रहेका बेला सामाजिक विकास कार्यालयले आफ्ना सबै कार्यक्रम सम्पन्न, भुक्तानी समेत सकाएर प्रगति समीक्षा समेत गरेकाले उपस्थित सबैले धन्यवाद दिएका थिए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्ग शाखाका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले सामाजिक विकास कार्यालयले आर्थिक वर्ष २०८०र०८१ मा सम्पन्न सम्पुर्ण कार्यहरु मुगुका पत्रकारहरु नजिक रहेको र सामाजिक विकास कार्यालयका सबै कृयाकलापहरु पारदर्शी,जवाफदेहि र जनमैत्री रहेको बताउनु भयो । उहाँले मुगु जिल्ला कै एक मात्र बेरुज शून्य भएको कार्यालय सामाजिक विकास कार्यालय हुनु मुगाली सबैको गर्भको विषय भएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीले वार्षिक प्रगतति समीक्षा कार्यक्रममा सामाजिक विकास कार्यालय प्रति कसैबाट गुनासो नआएकोमा खुशी हुँदै जनताका सेवक कर्मचारीहरुले यसरी नै गुनासो रहित सेवा सम्पादन गर्नुपर्ने बताउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको प्रतिनिधित्व गर्दै महाकाली नमुना माध्यामिक विधालयका विधालय व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र बहादुर मल्लले विगत वर्षहरु भन्दा अहिले सामाजिक विकास कार्यालयका कृयाकलाप, विकास निर्माणका संरचनाहरु पारदर्शी, गुणस्तरिय र जवाफदेही भएको बताउनु भयो ।
सन्चारकर्मी विनोद कुमार मल्लले मुगु जिल्लामा अल्पसख्य र सिमान्तकृत समुदाय नभएको थाहा हुँदा हुँदै यो समुदायको क्षमता विकास र सीप विकास शीर्षकमा बजेट छुटाउनु मुगु पठाउनु भनेको प्रदेश सरकारले बजेट बचत गर्ने उदेश्यको नियत देखिएको बताउनु भयो ।
कार्यक्रममा भौतिक पुर्वाधार तर्फ उत्कृष्ट तथा गुणात्मक भवन निर्माण गरेको भन्दै सर्वोदय माध्यामिक विद्यालय सुकाढिकलाई सम्मान समेत गरिएको थियो ।
सामाजिक विकास कार्यालय मुगुका सामाजिक विकास अधिकृत टोप बहादुर बुढाको अध्यक्षयतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा समन्वय प्रमुख मन्जन बहादुर कार्की, विशेष अतिथिमा समन्वय उपप्रमुख नैलि कार्की,प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसि र अतिथिको रुपमा प्रहरी नायव उपरिक्षक बिरेन्द्र थापा,ससस्त्र प्रहरी नायव उपरिक्ष तपेन्द्र केसि,नेपाल शिक्षक महासङ्ग केन्द्रिय सदस्य जङ्ग बहादुर शाही उपस्थित हुनुहुन्थ्यो ।
सामाजिक विकास कार्यालय मुगुको कुल वार्षिक बजेट ६ करोड १ लाख ५ हजार मध्य ५ करोड ६९ लाख ४१ हजार ४१८ रुपया खर्च गरि कार्यप्रगती ९५ प्रतिशत गरेको देखिएको छ ।
शिक्षा,सरसफाइ,महिला,बालबालिका,जेष्ट नागरिक तथा सामाजिक सुरक्षा,युवा तथा खेलकुद,भाषा,धर्म तथा सस्कृती र श्रम तथा रोजगार क्षेत्रमा सामाजिक विकास कार्यालय मुगुले काम गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच