काठमाडौं । साताको सुरुदेखि निरन्तर बढ्दो क्रममा रहेको सेयर बजार सोमबार भने सामान्य अंकले घटेकोे छ । नेप्से ४.६२ अंकले घटेर २१३६.३५ अंकमा झरेको हो । नेप्सेसँगै कारोबार रकमसमेत एक अर्ब ४३ करोड रुपैयाँले घटेर चार अर्ब ५६ करोड ९८ लाख ३६ हजार एक सय छ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । यस दिन तीन सय २४ कम्पनीका एक करोड चार लाख ७५ हजार एक सय ८१ कित्ता सेयर खरिदबिक्री भएका हुन् ।
आइतबार छ अर्ब २९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । सोमबार कारोबारमा आएका एक सय ३० कम्पनीको सेयर मूल्य बढेको छ भने एक सय ७२ वटा कम्पनीको घटेको छ । २१ वटा कम्पनीको स्थिर रहेको छ ।
सबैभन्दा धेरै एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको तीन लाख ९० हजार दुई सय पाँच कित्ता सेयर कारोबार भएको छ भने जानकी फाइनान्स ६७१.९० रुपैयाँका दरले १५ करोड ५० लाख, सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी १०७५ का दरले नौ करोड ६३ लाख, हिमालयन रि इन्स्योरेन्स नौ करोड चार लाख रुपैयाँ र नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकको सात करोड ३५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
सबैभन्दा धेरै मैलुङ खोला जलविद्युत्को आठ प्रतिशतले घटेको छ भने आँखुखोला जलविद्युत् ४.२७, १०, लक्ष्मी बैंक डिबेञ्चर २०८६ को ३.९५ को १० प्रतिशत, सिटिजन बैंक डिबेञ्चर २०९० को ३.९१ र स्वाभिमान लघुवित्तको सेयर मूल्य ३.९० प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच